सिकिन्द्र साह
सिम्राैनगढ – बारा जिल्लाकाे आदर्श कोतवाल गाउँपालिका वडा नम्बर १ चिउटाहामा रहेकाे याेगदान कृषि सहकारी संस्थाका संचालक बिन्दु साह कानु गएराति पक्राउ परेका छन् । नेपालमा लक डाउन भए देखि नै चिउटाहा बजारमा कृषि सम्बन्धि रासायनिक मल युरिया महंगो दर रेट कायम गरि बेचिरहेकाे अवस्थामा प्रहरीले पक्राउ गरेकाे हाे ।
लकडाउनकाे माैकामा याेगदान कृषि सहकारी संस्थाका संचालक कानुले चर्काे मूल्य निर्धारण गरी कृषकरुलाइ रासायनीक मल बिक्री वितरण गरीरहेकाे अवस्थामा ईलाका प्रहरी कार्यलय महेन्द्र आदर्श चिउटाहाका प्रहरी नायब निरिक्षक अवधेश चौबैको कमान्ड खटिएको टाेलिले संचालक कानु र उनका छोरा करण साह कानुलाइ प्रहरीले नियन्त्रणमा लिएकाे थिए ।
छोरालाई पक्राउ गरेपछि अहिले छाेडिएका छन् भने संचालक बावुलाइ आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बारामा पठाइएको प्रहरीले बताएका छन् । कानुले बिगत लामाे समय देखि याेगदान कृषि सहकारी द्वारा मल , खाद लयाएर कालाेबजारि गरिरहेका थिए । सरकारी मुल्य भन्दा दोब्बर रेट कायम गरि मनाेपाेलि बिक्रीवितरण गर्दै आइरहैको स्थानिय बासिन्दा हरिकिसोर साहले बताए । साे संस्थामा आफ्नै इर्द गृद नजिकमा रहेकाे ब्यक्तीलाई समाबेश गरि संस्थाबाट मल खाद निर्यात गरि लाखो लाख सम्प्ती आर्जन गरेको स्थानिय बासिन्दाहरुले बताएका थिए ।
देशमा लक डाउनकाे कारणले गर्दा लगाइएको मकैमा युरिया मल हाल्नको लागि त्यहाका किसानहरु आतुर रहे तापनि साे कानुले कलैयाबाट मल ल्याउन बितिकै रातारात दोब्बर मुल्य बिक्रीवितरण गर्नमा बुवा छोरा लिप्त रहेको समेत स्थानियहरुले जानकारी दिए । नेपाल सरकारले कालाेबजारी गर्नेलाइ कडाभन्दा कडा कारवाहि गर्न घाेषण गरेकाे छ। नेपाल प्रहरी द्वरा नियन्त्रणमा गरिएको कानुलाइ कस्तो निर्णय हुन्छ भने स्थानिय बासिहरुले पर्खाइमा बसेकाे छ।