काठमाडौँ । पाकिस्तानी वायुसेनाको एउटा तालिमकेन्द्रमा शनिबार बिहान आतंकवादी हमला भएको छ । मियांवाली एयरबेसमा हतियारधारी समूहले हमला गरेको हो ।पाकिस्तानी एयरफोर्सले हमलामा संलग्न तीन जना मारिएको र अन्य तीन जनालाई घेरा हालिएको जनाएको छ । उक्त हमलाको जिम्मेवारी तहरिक–ए–जिहाद पाकिस्तानले लिएको बताइएको छ ।
हमलामा पाकिस्तानी वायुसेनाको तीन लडाकु विमान ध्वस्त भएको र एउटा इन्धन ट्याङ्करमा क्षति पुगेको जनाइएको छ ।
पाकिस्तानी सेनाले उक्त घटनाका बारेमा भनेको छ, ‘४ नोभेम्बर २०२३ का दिन सबेरै पाकिस्तान वायुसेनाको मियांवाली ट्रेनिङ एयर बेसमा एक असफल आतंकवादी हमलाको प्रयास भएको छ । सैनिकद्वारा तत्काल गरिएको जवाफी कारबाहीमा हमलालाई विफल तुल्याइएको छ जसबाट सैनिक र सम्पत्तिको सुरक्षा सुनिश्चित भएको छ ।’

Leave a Reply