जीतपुर,बाराको जीतपुरमा करेन्ट लागेर बिहीबार बिहान एकजनाको मृत्युु भएको छ ।

पानी तान्ने मोटरबाट विद्युत् प्रवाह हुँदा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरस्थित लक्ष्मी टोल बस्ने ३४ वर्षीय सर्फुदीन अंसारीको मृत्यु भएको हो ।

घर बनाउने क्रममा पानी पटाउदै गरेका अन्सारीको मोटरबाट सर्ट भएको करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर घाइते बनेका अंसारीलाई उपचारका लागि वीरगन्ज लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी नायाव निरीक्षक रोशन अधिकारीले जानकारी दिनुभयो । आफ्नैं घरको जग बनाउने क्रममा पानी हाल्नको लागि मोटर चलाउँन खोज्दा उनलाई करेन्ट लागेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here