गरिबहरुको सच्चा सारथी सहकारी ः प्रदेशसभा सदस्य साह
बारा
२० चैत्र २०७७
“मर्यादित ब्यवसाय र प्रविधिमा सहकारी” भन्ने नाराका साथ सुक्रबार बारामा समेत ६४ औं राष्ट्रिय सहकारी दिवस विशेष कार्यक्रमहरुको आयोजना गरि मनाईएको छ । जिल्लाको सदरमुकाम कलैया,कोल्हवी,निजगढ, जितपुरसिमरा लगायतका स्थानमा सहकारी संघ संस्थाहरुको आयोजनामा कार्यक्रमहरु भएका हुन् ।

साना किसान कृषि सहकारी संघ बाराले सदरमुकाम कलैयामा बजार परिक्रममा सहित कृषि ज्ञान केन्द्रको सभाकक्षमा विशेष कार्यक्रम गरेको छ । यस्तै बारा बचत तथा ऋण सहकारी संघ लिमिटेडले कलैया स्थीत अम्रिता अनाथालयमा फलफुल तथा खाध्यान्न वितरण गरेको छ । भने कोल्हवी जितपुरसिमरा, निजगढ लगायतका स्थानहरुमा सहकारीकर्मीहरु जम्मा भएर प्रभातफेरी, सभा सम्मेलन गरेर ६४ औं राष्टिय सहकारी दिवस विशेष कार्यक्रम गरेका हुन् ।

साना किसान कृषि सहकारी संघ बाराले सदरमुकाम कलैयामा गरेको विशेष कार्यक्रम प्रदेशसभा सदस्य पारस साहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै साहले गरिबहरुको सच्चा सारथी सहकारीहरु भएको बताउनु भयो । गरिबी न्युनिकरणमा सहकारीहरुको भुमिका अहम् भएको भन्दै प्रदेशसभा सदस्य साहले कृषिमा सहकारीको अगुवाई गर्ने कार्यक्रमहरुको जरुरी रहेको बताउनु भयो । कृषिबाट मात्रै समृद्धि सम्भव भएकाले उत्पादन वृद्धिका लागि कार्यक्रम र बजेटमा सरकारहरुले महत्वपूर्ण स्थान दिनु पर्ने वहाँको भनाई थियो ।

कार्यक्रममा बारा बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष सत्यन्द्र ठाकुरले विभेदका विरुद्ध स्थापित सहकारी संस्थाको ईतिहाँस भएको बताउँदै सहकारी क्षेत्रले खेल्ने भुमिकामा नजरअंदाज नगर्न आग्रह गर्नुभयो । सहकारीहरुले देश र जनताका लागि धेरै गर्न सक्ने प्रमाणित तथ्य हुँदा हुँदैपनि राज्यका तीन तहका सरकारको प्राथमिकतामा सहकारीहरु नपर्न दुखद भएको बताउनु भयो । साना तिनका कार्यक्रमहरुमा सामान्य स्थान पाउँदै आएकाद सहकारी र तीनका सदस्य बाहेका सहकारीमा आवद्ध लाखौं किसानको पक्षमा सरकार बेखर बन्न नहुने वहाँको भनाई थियो ।

यस्तै कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले सहकारीहरु मार्फत मेघा प्रोजेक्ट संचालनको आवश्यकता औंल्याउनु भयो । राज्यले साझदारीको विश्वसनिय माध्यमको रुपमा सहकारीहरुलाई परिचालन गर्न सके आयात प्रतिस्थापनका साथ अर्थतन्त्रमा सुधार गर्न सकिने बताउनु भयो ।

साना किसान कृषि सहकारी संघ लिमिटेड बाराको अध्यक्ष मिश्रलाल सहनीको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग बाणिज्य संघ बाराका महासचिब रामाषिश साह, सहकारी पत्रकार समाज बाराका अध्यक्ष पुष्पराज पुष्पराज खतिवडा, राष्टिय सहकारी बैंक कलैया शाखाका प्रमुख श्याम न्यौपाने लगायतकाले बोल्नु भएको थियो ।

कृषि बाराकी कोषाध्यक्ष नयनकला खड्काको स्वागत तथा साना किसान सहकारी संस्था लिमिटेड डुमरवानका अध्यक्ष विश्वनाथ लामिछानेको संचालन एवं भोडाहा साना किसानका अध्यक्ष विन्दा सिंहको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो ।
फोटोमा ः पारस साह मन्तब्य राख्नु हुँदै । बाँकी फोटोहरु सहकारी दिवस विशेष कार्याक्रमका झलक ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here