बरियारपुर,जनता समाजवादी पार्टी नेपालले बाराका विभिन्न स्थानीय तहमा सुज अभियान जारी राखेको छ ।

जनता समाजवादी पार्टी महागढीमाई नगरपालिका वडा नम्बर १० मा आयोजित सुज अभियान अन्तर्गतको कार्यक्रमलाई सम्बोधन गर्दै वन मन्त्री रामसहाय यादवले जसपा नेपाल तराई, मधेस, पहाड सबैको साँझा पार्टी भएको बताउनु भयो ।

राष्ट्र र राष्ट्रियताको हितमा जसपा नेपाल सदैव अगाडि रहेको बताउदै आफ्ना कार्यकर्तालाई सहि दिशातर्फ उन्मुख रहन अभिप्रेरित गर्नु भएको थियो । सोही कार्यक्रममा बोल्दै प्रदेश नम्ब। २ की अर्थ राज्य मन्त्री उषा यादवले कार्यकर्ताहरुले जसपाको पक्षमा थप खुलेर लाग्नु पर्ने बताउनु भयो । स्वार्थी नेताहरुको कारण पार्टी विभाजन भएको भन्दै मन्त्री यादवले प्रदेश नम्बर २ को सरकारलाई अपमानित गर्ने नेताहरुको पछि नलाग्न आग्रह गर्नु भयो ।

महागढीमाई नगरपालिका वडा नम्बर १० गंजभवानीपुरमा आयोजित सुज कार्यक्रममा प्रदेश सभासद शारदाशंकर साह, बच्चा राउत अहिरलगायत स्थानीय कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here