निजगढ,नेपाल खेलकुद महासंघ बारा जिल्ला तदर्थ समिति गठन भएको छ । बारा जिल्लाका विभिन्न पालिकाका खेलाडी र खेलप्रेमीहरुको निजगढमा शनिबार भएको भेलाले कृष्णमणी चौधरीको संयोजकत्वमा १९ सदस्यीय महासंघ जिल्ला तदर्थ समिति गठन गरेको हो । त्यसैगरी समितिको सचिवमा नन्दु लामा र सदस्यहरुमा यानकुमारी चौलागाई, चन्दन चौधरी, सानुबाबु कुर्मी, भुलावन चौधरी,राजन श्रेष्ठ, जीतबहादुर चौधरी, राजकिशोर धामी, लक्ष्मी चौधरी, बिक्रान्त चौधरी, निर्मल बजगाई, रामकुमार चौधरी, प्रविण उप्रेती, जितेन्द्र चौधरी, आदित्यराज कुर्मी, समिर आले, नागमणी चौधरीलगायत रहनुभएको छ । महासंघका नव निर्वाचित पदाधिकारीहरुलाई महासंघ राष्ट्रिय अधयक्ष एंव पुर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले पद तथा गोपनीयताको सपथ गराउनुभएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले बारा जिल्लामा आगामी दिनमा खेल गतिविधि बढाउन महासंघले सक्रियता देखाउनुपर्ने बताउनुभयो । पुर्व जिल्ला अध्यक्ष क्यामुद्दिन अन्सारीको अध्यक्षतामा भएको सो कार्यक्रममा खेलकुद महासंघ केन्द्रीय सदस्य व्दारिका उप्रेती, प्रदेश नम्बर २ अध्यष मधुसुधन धिताल, निजगढ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जयराम कुवर, पत्रकार गोकुल घोरसाइने र जितलाल श्रेष्ठले पनि भेलाको सफलताको लागि शुभकामना मन्तव्य दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here