पुष्पराज खतिवडा
बारा
१ बैशाष २०७८
बाराको मुख्य पर्यटकीय क्षेत्रको रुपमा रहेको जीतपुरसिमरा उपमहानगरपालिकाको अमलेखगंज फोहोरमैलाका कारण दिनप्रतिदिन कुरुप बन्दै गएको छ ।
नेपाल आयल निगमको अमलेखगजं डिपो अगाडि पूर्व पश्चिम लोकमार्गमा जथाभावी फ्याकिएको फोहोरमैलाले अमलेखगंजलाई कुरुप पारेको हो । आयल निगमबाट ईन्धन ढुवानी गर्ने ट्याडकर र अन्य मालबहाक तथा यात्रुबहाक सवारी साधनको अव्यवस्थित पार्किगका कारण उक्त क्षेत्रमा फोहोरमैला बढेको छ । सडकमा उखुका खोस्टा, नरिवलका जट्टा, पानिका खाली बोटल, चाउचाउ, विस्कुटका खोल लगायतका फोहरको उचित ब्यवस्था नहुँदा कुरुप बनेको सडक क्षेत्रले पर्यटकीय नगरी अमलेखगंजको सौनदर्य नै बिगारेको छ ।
फोहोर व्यवस्थापनमा सरोकारवालाको ध्यान नपुग्दा अमलेखगंज क्षेत्र कुरुप बनेको लायन्स क्लब अफ यूथ सिमराका अध्यक्ष हंकल्पीत न्यौपानेले बताए । राजमार्ग क्षेत्रमा बढेको फोहोरको कारण आन्तरिक र बाह्य पर्यटकको आवागमनमा समेत प्रभाव पर्ने उनको भनाइ छ । पर्सा वन्य जन्तु आरक्षको बफर जोनभित्र पर्ने यस क्षेत्रमा पछिल्ला दिनहरुमा आन्तरिक र बाह्य पर्यटक आवागमन बढदै गएको छ । घना जंगलभित्र चुरे पहाडको फेदीमा रहेको अमलेखगंज हुदै बिरगजं लगायत भारतको रब्सौल, मोतिहारी र पटनाका समेत पर्यटक भित्रिने गरेका छन् । पर्यटकको आवागमन बढेसंगै यस क्षेत्रमा सुविधा सम्पन्न होटलहरु खुल्ने क्रम पनि बढ्दो छ ।

फोहोरमैला व्यवस्थापन हुन नसक्दा पर्यटनसंग स्थानीयको स्वास्थ्यमा समेत प्रभाव पर्ने अर्का स्थानीय भरतबहादुर घले बताउनुहुन्छ । सडक व्यापारीका कारण पनि यस क्षेत्रमा फोहोर थप बढेको हो । यात्रुसँग जुस तथा खाजाको ब्यपार गर्ने एकदर्जन ब्यपारिहरुले बर्षौदेखी यहाँ बसेर ब्यापारसँगै फोहर गरिरहेका छन् । यहाँ बसेर दैनिक लाखौंको ब्यपार गर्नेहरुले फोहर ब्यवस्थापनको साटो लापरवाही गर्ने गरेको पाईएको छ ।
यहाँ बसेर दिनरात ब्यपार गर्ने खाजा तथा जुस ब्यपारिले कुनै किसिमको कर तिर्ने गरेका छैनन् । जुसका ब्यपारि भारतीय श्याम कुमारका अनुसार कँही कतै दर्ता या कर तिर्ने गरिएको छैन । यहाँबाट निश्कने फोहर अरुले जस्तै आफुले पनि जथाभावी फाल्दै आएको उनले बताए ।
विभिन्न नाका हुँदै नेपाल प्रवेश गर्ने विदेशी पर्यटकसँगै दैनिक करोडौं मानिस लाखौं सवारी मार्फत यही बाटो हुँदै देशको राजधानी जाने आउने गर्दछन् । तर नेपाल सरकार स्वामित्वको आयल निगम, बन्यजन्तु आरक्ष, स्थानिय संघ संस्था
तथा जनप्रतिनीधिको यस विषयमा ध्यान नपुग्नु दुःखद् भएको लायन न्यौपाले बताए ।
यस क्षेत्रमा बढेको फोहोरका कारण वन्यजन्तुमा समेत असर पर्ने गरेको पर्सा राष्टिय निकुन्जका सुचना अधिकारी सहायक शंरक्षण अधिकृत रमेश यादवले बताए । चाउचाउका खोल, प्लाष्टीक, नरिवल तथा उखुका जट्टाले बन्यजन्तुलाई असर गर्ने हुँदा उक्त क्षेत्र सरसफाईका लागि चाँडै पहल गरिने उनले बताए ।
यस्तै नेपाल आयल निगमको अमलेखगजं डिपो प्रमुख प्रदिप यादवले फोहरले आसपासको सौंन्दर्यमा असर पारे पनि ब्यवस्थापनमा समस्या भैरहेको बताए । पार्किग क्षेत्रमा ब्यापर हुँदै आएको छ । ब्यापार बन्द गर्ने कि नगर्ने भन्नेमा यहाँका स्थानिय कुरा हुन्छ । स्थानिय र निकुञ्जसंग सल्लाह गरेर तत्काल फोहर ब्यवस्थापनको काम गर्छौ उनले भने ।


फोटोमा ः अमलेखगजं स्थति आयल निगमको टेन्कर पार्किग क्षेत्र पुर्वपश्चिम लोकमार्गको फोहर ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here