सेढवा,पर्साको ठोरी गाउँपालिका वडा नम्बर –४ गोपीवस्तीमा मोटरसाईकको ठक्करबाट घाइते भएका अर्का एक युवकको पनि सोमबार मृत्यु भएको छ । उपचारको क्रममा घाइते २० वर्षीय युवक मधु गोलेको बीरगन्जमा रहेको एलएस न्युरो अस्पतालमा निधन भएको हो । मोटरसाईकलको ठक्करबाट उनको टाउको र छातीमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । शनिवार साँझ करीब ७ बजे बीरगंज ठोरी हुलाकी सडक खण्डमा पर्ने ठोरी ४ ,गोपीवस्तीमा पैदल हिँडिरहेका गोपीवस्तीका ४ जना युवाहरुलाई मोटरसाइकलले ठक्कर दिएको थियो । घाइतेमध्ये सोही दिन बीरगन्ज स्थित एल एस न्युरो अस्पतालमा उपचारका क्रममा १९ वर्षीय किशोर अभिशेक गोलेको ज्यान गएको थियो । साँझ विजयवस्तीबाट जीराभवानी गापा –३, नौकाटोला जाँदै गरेको नौकाटोलाका राम सिंह राय थारु सवार ग ९ प ९५८७ नम्बरको मोटरसाईलले ठक्कर दिँदा गोपीवस्तीका अभिशेक गोले, मधु गोले, सन्जय लामा र आनन्द परियार घाइते भएका थिए । घाइतेमध्ये अभिशेक र मधुको ज्यान गएको छ भने अन्य घाइतेहरु लामा र परियारको ढाड र खुट्टामा चोट लागेको र अवस्था खतरामुक्त रहेको गोपीवस्तीका स्थानीय ङेमा लामाले जानकारी दिनुभयो । उता मोटरसाईकल चालक थारुको पनि नारायणी अस्पतालमा उपचार भैरहेको छ । उनलाई टाउकोमा चोट लागेको छ ।

Leave a Reply