काठमाण्डौ – नाइजेरियामा सात करोड ८ लाख बालबालिका पानीजन्य सङ्क्रमणको उच्च खतरामा रहेका एक अनुसन्धानले देखाएको छ ।संयुक्त राष्ट्रसङ्घीय बालकोषका अनुसार नाइजेरियामा शुद्ध पिउने पानीको समस्या रहेको र बालबालिका उच्च जोखिममा छन् ।साथै राष्ट्रसङ्घीय बालकोषले शुद्ध र सफा पिउने पानी, शौचालय, सरसफाइ र खानामा लगानी गर्न नाइजेरिया सरकारलाई सुझाव दिएको छ ।यस्तो जोखिममा रहेका बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिएर सरसफाइ र खानेपानीका क्षेत्रमा आवश्यक मात्रामा लगानी गर्न र बालबालिकाको स्वास्थ्यमा आवश्यक नीति तथा कार्यक्रमहरु बनाउन पनि आग्रह गरिएको छ ।स्वच्छ पिउने पानीको अभावमा मानव शरीरमा लाग्ने रोगलगायत पानीको महत्वबारे चेतना जगाउने उद्देश्यले बुधवार विश्व पानी दिवस मनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here