अबको दुई दिनभित्र नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा भएपछिको स्थानीय तहको चुनाव दोश्रो पटक हुदैछ । दोश्रो पटक हुने स्थानीय तहको चुनावले फेरि पालिका स्तरमा नयाँ जनप्रतिनिधिहरु चुनिने छन् । नयाँ प्रतिनिधिहरुले फेरि पाँच वर्ष स्थानीय स्तरमा शासन गर्नेछन् । त्यसो त यो अभ्यास बिगत पाँच वर्षमा भइसकेको छ ।

निर्वाचनमा विभिन्न हतकण्डाहरु हुनेछन् । सबैले परिणाम आफ्नो पक्षमा ल्याउनका लागि हरसंभवको प्रयास पनि गर्नेछन् । यस्तो अवस्थामा निर्वाचन आयोगसचेत बन्न जरुरी छ । आयोग बेलैमा सचेत नभएका कारण पनि आचारसंहिता त व्यापक उल्लंघन भएकै हुन् ।

विभिन्न निर्वाचन क्षेत्र वा ठाउँमा बिभिन्न कुराहरु आइरहेका छन् । अब निर्वाचन आयोगले बुथको सुरक्षादेखि मत पेटिकादेखि मतगणना स्थलसम्मको सुरक्षा गर्न आवश्यक छ । यो सुरक्षा त प्रहरीले गर्ला तैपनि रणनीति आयोगले बनाउने हो । यदि आयोग यो बिषयमा चुकेको खण्डमा भने फेरि निर्वाचनमा निश्पक्षको प्रश्न तेर्सिने छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here