बिदुर खडका
डुमरवाना,साना किसान कृषि सहकारी संस्था मनहर्वामा तालाबन्दी भएको छ । गत असार १९ गते संस्थाको लकर फुटाएर १२ लाख रुपैया चोरी भएको घटनापछि संस्था र शेयरधनी स्थानीय सदस्यहरुबीच बिबाद चर्किदै आएको थियो ।
संस्थाका शेयर सदस्य श्यामचंन्द्र प्रसाईले संस्थाका संञ्चालक र कर्मचारीप्रति शंका रहेकोले निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै स्थानीयले कार्यालयमा तालाबन्दी गरेको बताउनुभयो ।
जीतपुरसिमरा वडा नम्बर १६ का वडा अध्यक्ष चतुरबाबु वाग्लेले चोरीको घटना सामान्य नभएको र यसले सहकारी संस्था र सदस्यबीच व्दन्द बढेको बताउनुभएको छ ।
सहकारी संस्थाका प्रबन्धक पुष्पराज खतिवडाले सहकारी संस्थाका शेयरधनी सदस्यको नाममा केही गैरसदस्यहरु आएर नियम विपरित कार्यालयमा ताला लगाएको बताउनुभएको छ ।