निजगढ,निजगढको रतनपुरमा मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टी निजगढ नगर वडा नं ११ को वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले देवदत्त कुवरको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष जयबहादुर मुक्तान, सचिव राजेश गुरो, कोषाध्यक्ष शितल देबी गुरो, सहसचिव मातृकाप्रसाद गुरों र सदस्यहरुमा बैजू गुरो, बद्री कुँवर, जीत मान रुम्बा, हरीबहादुर गोले, कमला नेपाली, मानबहादुर मोक्तान, मुकेश गुरो, केशरी देबी तामाङ्ग, राम आशिष गुरो, रामराज गुरो, राजकुमार गुरो, रामचन्द्र मुक्तान, धुरमन्ती कुमर र सुकिया कुमर सर्वसम्मत चयन हुनुभएको छ । कार्यक्रमको सभाध्यक्ष निवर्तमान वडा कार्यसमितिका अध्यक्ष राम आशिष गुरोले गर्नुभएको थियो भने प्रमुख अतिथि केन्द्रीय सदस्य सावित्री देबी भारती, अतिथिमा बारा जिल्ला उपाध्यक्ष शिवप्रसाद तिमल्सिना, जिल्ला सहसचिव वासुदेव तिमल्सिना, नेता बैंजु गुरोलगायतले कार्यक्रममा बोल्नु भएको थियो । कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि भारतीले राप्रपा हिन्दुहरुको मात्र पार्टी नभई सबै धर्मलाई समान हैसियतमा राख्ने पार्टी भएको बताउनुभयो । उहाँले विश्वमा नेपाल र नेपालीको धार्मिक पहिचानको लागि नेपाल हिन्दूराष्ट्र हुनुपर्ने बताउनुभयो । कार्यक्रम सञ्चालन नगर अध्यक्ष खड्गप्रसाद उप्रेती ले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here