बरियारपुर,बाराको महागढीमाई नगरपालिका वडा नम्बर ७ टोल तेलकुवामा शुक्रबार कुटपिट हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बालबालिकाहरुको झगडाको विषयलाई लिएर आफन्तबीच कुटपिट हुदा स्थानीय सुखाडी पासवानकी श्रीमती मैना देवी पासवानको राति ८ बजेको समयमा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले बताएको छ । छिमेकी सिंघासन पासवानले मैनादेवीलाई बाँसको भाठाले छाती हिर्काउँदा उनको मृत्यु भएको हो । सिंघासन र सुखाडी पासवान दुवै दाजुभाइ रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरिक्षक गौतम मिश्रले बताउनुभयो । सिंघासन अहिले फरार रहेको र उनको खोजी कार्य भइरहेको बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिनुभयो । मृतकाका लास पोस्टमार्टमका लागि कलैया अस्पतालमा राखिएको उपरीक्षक शाहीले बताउनुभयो ।

Leave a Reply