वीरगञ्ज,विश्व रक्तदाता दिवसको अवसरमा पर्सामा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।सो अवसरमा ब्लड डोनर्स एशोसिएशन पर्साले सम्मान कार्यक्रम तथा नेरेसो पर्साले उत्प्रेरणा र अन्य तीन वटा संस्थाले विश्व रक्तदाता दिवस कार्यक्रम मनाएका हुन ।प्रत्येक वर्ष जून १४ अर्थात् असार ३१ गते मनाइने सो दिवसको अवसरमा बुधवार ब्लोदान पर्साले वीरगञ्जस्थित राणीसति अतिथि सदनमा सम्मान कार्यक्रम आयोजना गरेको थियो ।कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख राजेशमान सिंहले शरीरको रगत त्यत्तिकै खेर जाने भएकोले रक्तदान गर्न आग्रह गर्नुभयो. । उहाँले रक्तदान गर्नेहरुको स्वास्थ्य अवस्था सुदृढ हुने र आपूmले पनि रक्तदान गर्दै आएको बताउनुभयो । उहाँले स्वस्थ्य अवस्थाका १८ वर्षमाथि र ६० वर्ष मुनिका सबैलाई रक्तदान गर्न आग्रह गर्नुभयो ।ब्लोदान पर्साका अध्यक्ष शत्रुघ्न नेपालको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुद्दीन ठकुराई, रेडियो वीरगञ्जका अध्यक्ष धु्रव साह, नेगेटिभ रक्त समूहका निशान्त लामिछानेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रममा २०७९ वैशाखदेखि चैत महिनासम्म सय पिन्ट रक्तदान गर्ने २३ वटा संस्था, सोही अवधिमा दुई पटक वा सोभन्दा बढी रक्तदान गर्ने सङ्घसंस्था, आकस्मिक रक्तदान गर्ने २९ जना रक्तदाता, २३ जना दुर्लभ रक्तदाता, प्रत्येक तीन÷तीन महिनामा रक्तदान गर्ने पाँचजना स्वयंसेवी रक्तदाता र रक्तदान कार्यक्रममा जुस सहयोग गर्ने डाबर नेपाल, आर्थिक तथा भौतिक सहयोग गर्ने सञ्जु साह, रामबाबु सिंहलगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा ब्लोदानका सदस्य शिवजी गुप्ताले स्वागत र सचिव अरविन्द सिंहले सहजीकरण गर्नुभएको थियो ।यसैबीच नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले उपशाखाहरुको सहकार्यमा बहुदरमाई नगरपालिकाको दुई स्थानमा विश्व रक्तदाता दिवसको अवसरमा उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ ।नेरेसो भौराटारका अध्यक्ष काशी साह र गम्हरिया शाखाका अध्यक्ष मौलाद्दीन मियाँको अध्यक्षतामा भएको उत्प्रेरणा कार्यक्रममा नेरेसो पर्साका सभापती वीरेन्द्रराज कँडेल, रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक प्रमुख सौरभराज पाण्डे र नेरेसो उपशाखा रेशमकोठीका लालबाबु सिंहले रक्तदान सम्बन्धी सहभागीहरुलाई तालिममार्पmत् सचेत गराएका थिए ।यसैगरी दिवसको अवसरमा पर्सा र बारामा तीनवटा संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् ।नेरेसो पर्सा शाखाले रक्तसञ्चार केन्द्र वीरगञ्जमा रक्तदान गरेको केन्द्रका प्राविधिक प्रमुख पाण्डेले बताउनुभयो । नारायणी वयोधा मेडिसिटी अस्पतालले आयोजना गरेको रक्तदान कार्यक्रममा सातजना महिलासहित ४१ जनाले रक्तदान गरेको प्राविधिक धीरेन्द्र झाले बताउनुभयो ।बाराको छातापिपरामा सौरभ पूmड कन्सर्नले आयोजना गरेको रक्तदान कार्यक्रममा २९ जनाले रक्तदान गरेका थिए ।



















