निजगढ,निजगढ विष्फोटन घटनाको दोषि आरोपमा पक्राउ परेका मध्ये थप ३ जना शुक्रवार धरौटीमा रिहा भएका छन ।घटनामा दोषि देखिएको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय बारामार्फत निजगढ प्रहरीले अभियोग पत्र दर्ता गरेका मध्ये निजगढ नगरपालिका वडा नम्बर ९ का कवाडी पसले भारतीय नागरिक रमेश जयसवाल, निजगढ ९ नदीकट्टाका बासु लामा र सोही ठाउका टिकाराम पाख्रिन जनही १-१ लाख धरौटी बुझाएर हिजो रिहा भएका हुन । उनीहरु रिहा भएसंगै सो घटनामा पक्राउ परेका सबै ५ जना नै धरौटीमा छुटेका छन ।

यसअघि गत बुधवार अदालतले धनुषा जिल्ला धारापानीका कवाडी पसले शिवशंकर माली र सोही कवाड पसलमा कवाडीको सामान संकलन गर्ने सर्लाहीका बिल्टु महतो पनि १÷१ लाख रुपैया धरौटी बुझाएर रिहा भएका थिए । सोही निर्णयअनुसार धरौटी रकम बुझाउन नसक्दा कवाडी पसले जयसवाल, ट्रक चालक लामा र सहचालक पाख्रिनलाई भने पुर्पक्षको लागि थुनामा राख्न वीरगञ्ज कारागार पठाइएको थियो ।ट्रक चालक लामा र सहचालक पाख्रिनले धारापानीस्थित मालीको कवाडी पसलबाट ल्याएर बेचेको सो विष्फोटक पदार्थ रमेशले निजगढ ७ स्थित रोहित वर्कशपमा पु¥याएर काटने क्रममा गत फागुन १४ गते पड्किदा वर्कशपका संचालक ४३ वर्षीय रेशम मगर, रौतहटको देवाहीगोनाही नगरपालिका वडा नम्बर ९ का २० वर्षिय रिपु रजक धोबी र अर्का भारतीय नागरिक राकेश जयसवालको ज्यान गएको थियो ।त्यसैगरी घटनामा भारतीय नागरिक अरबिन्द्र साह, निजगढ ५ का रामबहादुर थापा र वीरगन्ज महानगारपालिका ९ का फिरोज देवान घाइते बनेका थिए । उक्त विष्फोटक पदार्थ कहाँबाट कसरी बाहिरिएको हो भन्ने बारेमा भने अझै खुल्न सकेको छैन ।

Leave a Reply