कोल्हबी,बाराको कोल्हवी नगरपालिका वडा नम्बर ४ मा रहेको श्री अटुट बचत तथा ऋण सहकारी संस्था लिमिटेड सपहीको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।कार्यक्रमको प्रमुख अतिथि कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीले पानसमा बत्ति बालेर एक समारोहकाबीच सोसाधरण सभाको उद्घाटन गर्नुभएको थियो । संस्थाको अध्यक्ष बिशुनदयाल चौधरीको अध्यक्षतामा भएको र कोल्हवी नगरपालिकाको नगर प्रमुख रामप्रसाद चौधरीको प्रमुख अतिथ्यतामा भएको सो साधरण सभामा संस्थाका अध्यक्ष बिशुन दयाल चौधरीले वार्षिक प्रतिवेदन र छिहन्तर चौधरीले आर्थिक प्रतिवेदन र लेखा समितिको प्रतिवेदन मुनीकान्त चौधरीले सभा समक्ष प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमा नगर उपप्रमुख लक्ष्मीकुमारी चौधरी वडा नम्बर ३ का वडा अध्यक्ष किशुनदयाल चौधरी बारा जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष सत्येन्द्र ठाकुर समाजसेवी हरिनारायण चौधरी, समाजसेवी राधा चौधरी लगायतका वक्ताहरुले साधारण सभा सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।सञ्चालक समितिका पदधिकारीहरु, शेयरधनीहरु, स्थानीय जनप्रतिनिधी, नागरिक समाज, राजनीतिक दलका प्रतिनिधिहरु र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको साधारण सभाको संचालन हितेन्द्र चौधरीले गर्नुभएको थियो ।

Leave a Reply