पुष्पराज खतिवडा
मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्जबाट प्रहरीले करिब ८० किलो गाँजासहित २ जनालाई शनिवार दिउँसो पक्राउ गरेको छ ।पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका वडा नम्बर १० बस्ने २५ वर्षीय मानबहादुर वाइवा र मकवानपुर राक्सीराङ गाउँपालिका वडा नम्बर ५ बस्ने २६ वर्षीय सुमन स्याङ्ताङ रहेका छन ।
ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरीले त्रिभुवन राजपथमा सवारी साधन रोकेर चेक जाँच गर्ने क्रममा मनहरीबाट पथलैयातर्फ जाँदै गरेको बा १० च ३६१९ नम्बरको कार डिकीमा लुकाइछिपाइ राखेको अवस्थामा उक्त परिमाणको गाँजा फेला पारी कार चालक मानबहादुर र कारमा सवार सुमनलाई पक्राउ गरेको जनाइएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
यस्तै ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका वडा नम्बर १ हनुमान चोकमा चेक जाँच गर्ने क्रममा भारततर्फ जादै गरेको विआर ०५ सि ७०५४ नम्बरको भारतीय हिरो होण्डा मोटरसाईकलमा सवार व्यक्तिबाट १० किलो लागुऔषध गाँजा बरामद गरेको छ ।प्रहरीका अनुसार चेकिङ्ग भइरहेको देखेपछि गाँजा बोकेको झोला फालेर फरार भएको ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख तथा प्रहरी निरीक्षक नबिन राईले जानकारी दिनुभयो ।

















