वीरगन्ज,वीरगन्जमा मेडिकलका कर्मचारीलाई जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक प्रह्लाद कार्कीले निर्घात कुटपिट गरेको घटनाको व्यापक विरोध भएको छ । वीरगन्ज महानगरपालिका– ८ पानीटंकीस्थित प्याथो सर्जिकल हाउसका कर्मचारी अफ्रोज महमदलाई प्रहरी नायव उपरीक्षक कार्कीले कुटेका थिए । जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी नायव उपरीक्षक प्रह्लाद कार्कीले ‘प्रहरीको भिडियो किन खिचेको ?’ भन्दै बुधबार अफ्रोजलाई कुटेका थिए । प्रहरीले स्वास्थ्य क्षेत्रमा खटिएका व्यक्तिलाई अमानीय ढंगले गरेको कुटपिटको व्यापक विरोध भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले पनि प्रहरीले गलत गरेको स्वीकार गर्नुभएको छ । नागरिकले निषेधाज्ञामा अटेर गरेको र त्यसलाई कडाई गर्ने क्रममा त्यस्तो घटना भएको भन्दै यसमा प्रहरीले त्रुटी गरेको बताउनुभयो । बुधबार भएको घटनामा सर्जिकल पसलमा राखिएको सीसीटिभी क्यामेरामा कैद भएको भिडियो फुटेजमा कार्कीले अफ्रोजलाई लात्ती र लौराले निर्मम तरिकले कुटेको देखिन्छ । पहिले पसलबाहिर आईज भन्दै गाली गरेको र त्यसपछि पसलभित्रै गएर अफ्रोजलाई प्रहरी नायव उपरीक्षक कार्कीले कुटेको भिडियो पूmटेलमा देखिन्छ । मोवाईलबाट भिडियो खिचेको आरोपमा अप्रोजलाई कार्कीले अमानवीय तरिकाले कुटेको वीरगन्जका स्वास्थ्यकर्मी एवं सर्जिकल पसलका संचालक करण पटेलले बताउनुभयो । कुटेपछि प्रहरी नायव उपरीक्षक कार्कीले मोवाईल समेत लिएर गएको पटेलले बताउनुभयो । प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले मेडिकलका कर्मचारीले प्रहरीमाथि हातपात भएको भिडियो बनाएको बताउनुभयो । तर मेकिडलका संचालक पटेललले भने अफरोजले प्रहरीको भिडियो नखिचेको र सामुन्ने रहेको किराना पसलमा प्रहरीले बन्द गराउदै गर्दा बाहिर अन्य व्यक्तिहरुले भिडियो खिचिरहेको र उनी आफ्नो मोबाईलमा भिडियो कलमा कुरा गर्दै बारिहर निस्किदा प्रहरीले भिडियो खिचेको भन्दै कुटपिट गरेको बताउनुभयो । यसैबीच पर्साका प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले प्रहरी उपरीक्षक कार्कीलाई आन्तरिक कारबाही हुन सक्ने बताउनुभएको छ । प्रहरी उपरिक्षक पाण्डेले बुधबार पानीटंकीमा भएको घटनाका सम्बन्धमा प्रदेश प्रहरी कार्यालय जनकपुरले अनुसन्धान गर्ने र दोषि देखिए प्रहरी नायव उपरीक्षक कार्कीलाई संगठनको आन्तरिक कारबाही गरिने बताउनुभयो । भिडियो खिच्दैमा कुनै पनि नागरिकलाई प्रहरीले त्यसरी पिट्नु गलत भएका स्वीकार्दै उहाँले निषेधाज्ञा कार्यान्वयनका क्रममा प्रहरीबाट भएको त्रुटी सच्याइने बताउनुभयो ।
यसैबीच प्रदेश प्रहरी कार्यालय प्रदेश नम्बर २ ले बुधबार भएको घटनाको बिषयमा छानबिन सििमत बनाएको जनाएको छ । बिहिबार एक बिज्ञप्ति जारी गर्दै प्रदेश प्रहरी कार्यालय जनकपुरले प्रहरी उपरीक्षक कृष्ण प्रसाईको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाइएको बताएको छ । छानबिन समितिले आफ्नो काम शुरु गरिसकेको र प्रहरीको कमजोरी भए प्रहरी नियमावली अनुसार कारवाही गरिने समेत प्रहरी उपरीक्षक प्रसाईले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।