मंसिर ४ गते नजिकिदै गर्दा राजनीतिक दलहरुले यही चुनावका लागि लक्षित गरेर आफ्ना चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् । मंगलबार नेकपा एमालेले आफ्नो घोषणा पत्र सार्वजनिक गरेसंगै अब नेपालका दलहरु लगभग सबैले चुनावका लागि लक्षित गरी घोषणा पत्र सार्वजनिक गरिसकेका छन् । चुनाव संबिधान अनुसार नै हुन लागेकाले पनि यसमा धेरै बिरोधको कुरा भएन तर राजनीतिक दलहरुको घोषणा पत्रको भने मत दिने बेलामा समीक्षा हुन आवश्यक छ ।

अहिले राजनीतिक दलहरुले जारी गरेको घोषणा पत्र नयाँ भने होइन । हरेक ५ वर्षमा चुनाव आउनेछ र राजनीतिक दलहरुको घोषणा पत्र आउने गर्दछ । अघिल्लो चुनावमा जारी भएका घोषणा पत्र कति कार्यान्यवन भए र यसपालीको कति हुन्छ भन्ने बिषयमा मतदाताहरुले खबरदारी गर्न आवश्यक छ । घोषणा पत्र कार्यान्वयन नै नगर्ने भए किन जारी गर्ने ?

कुनै पनि दलले जारी गर्ने घोषणा पत्र नराम्रा छैनन् तर कार्यान्वयनका सवालमा भने एकदमै फिलतो छ । २०७४ सालकै चुनावमा सबै दलहरुले महत्वाकाक्षी घोषणा पत्र ल्याएका थिए तर अहिले त्यो कार्यान्यवनको चरण कहाँ छ यो महत्वपूर्ण कुरा हो । घोषणा पत्र सार्वजनिक गर्ने अनि कार्यान्वयन नगर्ने भएपछि घोषणा पत्रको औचित्य नै के रह्यो र ? त्यसैले निर्वाचनको समयमा दलहरुले सार्वजनिक गर्ने घोषणा पत्रको बारेमा सचेत मतदाताहरुले पनि प्रश्न उठाउन जरुरी छ । अन्यथा हरेक निर्वाचनमा घोषणा पत्र सार्वजनिक गर्ने र कार्यान्वयनमा भने बेवास्ता गर्ने प्रवृति जारी रहने छ ।

Leave a Reply