जीतपुर,बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपरमा गढीमाई साझेदारी वन उपभोक्ता समुहका ७ जना सदस्य सर्वसम्मत रुपमा छनौट भएका छन ।

वडा नम्बर ७ को कार्यालयमा सम्पन्न भेलाले गढीमाई साझेदारी वन उपभोक्ता समुह गठनका लागि सर्वसम्मत रुपमा ७ सदस्यको नाम पठाइएको हो । समितको महिला सदस्यमा मालती गिरी, रेनु गिरी, दलित सदस्यमा ललिन्द्र महरा, मधेसीमा राजकिशोर प्रसाद साह कलवार तथा अन्यमा मनोजकुमार गुप्ता, राकेशकुमार गुप्ता र अजितकुमार सिहं रहेका छन ।

डिभिजन वन कार्यालय बाराले भेला गरेर ७ जना सदस्यको नाम पठाउन वडा कार्यालयलाई गरेको पत्राचारअनुसार वडाबाट सर्वसम्मत रुपमा सदस्य चयन गरेको पठाएको हो । वडा अध्यक्ष सुनिल गुप्ताको अध्यक्षतामा सम्पन्न भेलामा वडा सदस्य सीता उप्रेती, नुरुल्लाह अंसारी, नबिन मौनाली, गढीमाई साझेदारी वन उपभोक्ता समुहका अध्यक्ष गणेशजी साह कलवार, गढीमाई साझेदारी वनका ईन्चार्ज ललन राउत कुर्मी, गढीमाई साझेदारी वन उपभोक्ता समुहका सदस्य आनन्द शर्मा, शेषनाथप्रसाद कुश्वाहा, वन रक्षक बाबुराम घिमिरे, सन्तोष अधिकारी, डिभिजन वन कार्यालय बाराका सहायक वन अधिकृत आविद हुसेन, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा सचिव दिल्ली ढुङ्गाना लगायतको र संचारकर्मीहरुको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply