नरेश गुप्ता

बरियारपुर,प्रदेश न २ को सामाजिक विकास मन्त्री नलकिशोर साहले बारा जिल्ला कोरोनाको उच्च जोखिममा रहेकोले सुरक्षा सतर्कता अपनाउन जरुरी रहेको बताउनुभएको छ । सदरमुकाम कलैयामा रहेको जिल्ला अस्पतालमा कोरोना संक्रमितको लागि बनाईएको एच डि यु रुम तथा पि सि आर ल्याबको उदघाटन गर्दै मन्त्री साहले प्रदेश न २ अन्तरगत एक मात्र जिल्ला अस्पताल कलैयाको स्तरोन्नति र कोरोना संक्रमितहरुको लागि आवश्यक कोठा र पि सि आर परीक्षण अत्यन्त जरुरी रहेकोले त्यसको व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।

बिगत लामो समयदेखि कलैया उपमहानगरपालिकाले खरिद गरेको पि सि आर परीक्षण मेसिन आर्थिक समस्याको कारण संचालनमा आउन सकेको थिएन । जिल्ला अस्पताल कलैयामा कोरोना संक्रमितको पि सि आर चेकजाँच सेवा शुरु भएपछि बाहिर जानुपर्ने समस्याबाट स्थानीयलाई छुटकारा मिलेको कार्यक्रममा सहभागी प्रदेश सभा सद्स्य पारस साहले बताउनुभयो । सो अवसरमा कलैया अस्पताल विकास समितिका अध्यक्ष किशोरी जैसवाल, कलैया अस्पतालका डाक्टर हरिओम केशरी, जनता समाजवादी पार्टीका नेता कार्यकर्ता, बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, जिल्ला प्रहरी प्रमुख दिपेन्द्र शाही, सशस्त्र प्रहरी उपरीक्षक रोबिन कर्णजितलगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here