वीरगन्ज,वीरगन्जमा प्रहरीले मोटरसाइकल चोर र चोरीको मोटरसाइकल खोलेर त्यसको पार्टपुर्जा विबक्री गर्ने ग्यारेज सञ्चालकलाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले मोटरसाइकल चोरीमा संलग्न वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ निवासी २१ वर्षीय साहेब साह र ग्यारेज सञ्चालक सोही वडा बस्ने अवधेश प्रसाद पटेल र ग्यारेजमा सहयोगीका रुपमा कार्यरत एक १५ वर्षीय बालकलाई पक्राउ गरेको हो ।
साहेबले विभिन्न स्थानबाट चोरी गरेको मोटरसाईक्ल अवधेशको ग्यारेजमा लगेर पाटपुर्जा खोलेर विक्री बितरण गर्ने गरेका थिए । चोरीको मोटरसाइकलहरुको अवधेशको ग्यारेजमा विक्री भइरहेको खबर पाएपछि प्रहरीले त्यहाँ सोमबार छापामारी गरेको थियो । छापामारी गर्ने क्रममा अवधेशको असार ४ गते हरपतगञ्जबाट चोरी भएको ना.६२ प ९७१७ नम्बरको यमाहा कम्पनिको आरवन १५ मोटरसाइकल पार्टपुर्जा खोलिएको अवस्थामा बरामद ग¥यो । प्रहरीले अवधेशसँग मोटरसाइकलको कागजात माग्दा उनले उपलब्ध गराउन नसकेपछि उनलाई र सहयोगी बालकलाई पक्राउ गरिएको पर्सा प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) एवम् प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिनुभयो । डिएसपी खनालका अनुसार अवधेशलाई पक्राउ गरेपछि उनले दिएको बयानको आधारमा प्रहरीले साहेबलाई पक्राउ गरेको छ । प्रहरीले ग्यारेजबाट अन्य अन्य ११ वटा मोटरसाइकलहरुको पार्टपुर्जा पनि फेला डिएसपी खनालले बताए । उनीहरु लामो समयदेखि मोटरसाइकलमा संलग्न रहेका छन् । पक्राउ परेका तिनै जनालाई प्रहरीले चोरी मुद्दामा पर्सा जिल्ला अदालतमा पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ ।