जीतपुर,बारा जिल्लाको परवानीपुरमा बालमैत्री स्थानीय शासन क्षमता विकास तालिम आइतबारबाट सुरु भएको छ । परवानीपुर गाउँपालिकाको आर्थिक सहयोग र शहरी गरिव शासक्तिकरण समाजको आयोजनामा सुरु भएको तालिम ३ तिनसम्म चल्ने छ । तालिममा गाउँपालिकाको सम्पूर्ण वडाका जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिइने आयोजक संस्थाले जनाएको छ । गाउँपालिका अध्यक्ष हरिनारायण साह कानुको प्रमुख आतिथ्यमा आयोजित उदघाटन कार्यक्रममा कर्मचारीहरुलाई समेत प्रशिक्षण दिइने जनाइएको छ । तालिममा सम्पूर्ण सहभागीहरुलाई रामप्रबेश साहले प्रशिक्षण दिनुहुने छ ।