राजन कुमार बानिया

पोखरिया –  बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसबाट बचाउन नेपाल सरकारले गरेको लकडाउनको समयमा दैनिक मजदुरी र जलादारी गरि कमाउने गुजारा चलाउनेहरुलाई सरकारले तोकेको मापदण्ड अनुसार पर्साको धोबिनी गाउँपालिकाले मंगलबार राहत समाग्री खाद्यान्न बितरण गरेका छन् । राहत खाद्यान्न समाग्री बितरण धोबिनी गाउँपालिकाको वडा नं ५ धोबनी र जगरनाथपुर गाउँमा ३ सय ८९ जनालाई बितरण गरेका छन् ।

 

 

 

 

गाउँपालिका अध्यक्ष सुरेश प्र.कुर्मीको नेतृत्वमा राहत समाग्री खाद्यान्न बितरण गरिएको छ । अध्यक्ष कुर्मीले भने नेपाल सरकारले गरेको लकडाउनमा धोबिनी गाउँपालिकाको जनताहरुलाई आफ्नो घरमा बस्न आग्रह गर्दै तपाईंहरुको टोल – टोलमा गाउँपालिकाले राहत समाग्री खाद्यान्न बितरण गर्ने बताए । धोबिनी गाउँपालिकाको जनताहरुलाई भोकभाेकै बस्न दिनौ सबै जनाको घरमा चुलो जलने बवस्था लिएर आएको बताए । गाउँपालिकामा रहेको गरिब ,बिपन्न, दलित ,मजदुरी गरि खाने कमाउने जनताहरुलाई राहत समाग्री खाद्यान्न बितरण गरिने बताए ।

 

 

गाउँपालिकाको वडा नं ५ धोबिनी र जगरनाथपुरमा ३ सय ८९ जनालाई बितरण गरिएको र बाकी आज बितरण गरिने वडा अध्यक्ष मनाउर मियाँले बताए । धोबिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत चौधरीले भने गाउँपालिकाले प्रतेक वडाहरुमा सर्वदलीय बैठक बसी सर्वदलीयहरुबाट बिपन्न ,गरिब,दलितहरुको पहिचान गरि धोबिनी गाउँपालिकामा नमावली आएकोमा मंगलबार उनिहरुलाई गाउँपालिका तर्फबाट एक बोरा चामल, खाने तेल, नुन र दुई सय नगद लगायत समाग्री बितरण गरिएको छ ।

 

 

 

खाद्यान्न बितरणको बेला राहत लिनेहरुलाई एक मिटर को दुरी बनाएर खाद्यान्न बितरण गराएको थियो । राहत खाद्यान्न समाग्री बितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पारसनाथ प्रसाद कुर्मी, वडा अध्यक्ष मनाउर मियाँ, नेकपाका प्रतिनिधि अबास मियाँ, बलिस्टर मियाँ , कर्मचारी मंसुर खां,तजेन्द्र माली, स्वास्थ्य संयोजक संजय यादव, केशराज प्रसाद कुर्मी, ईलाका प्रहरी कार्यालय लंगडीका प्रमुख बसन्त थापा, मजिद मिया,अबास मिया,पत्रकारहरु लगायतको सहभागीता रहेको थियो ।