हरेक बर्ष उखु किसानले झमेला र दुःख खेप्नु परेको छ । उनीहरू आफ्नो उत्पादन चिनी मिललाई उपलब्ध गराउँछन् तर तत्कालै मूल्य पाउँदैनन्। अर्थात् उनीहरूको कारोबार जहिले पनि उदारोमा पर्दछ। त्यो उधारो एक वर्षसम्म पनि कि वर्षौंसम्म उठाउन सक्दैनन्। एकातिर त्यही उखुबाट जीवन धान्नुपर्ने हुन्छ, समयमै मूल्य नपाएपछि उनीहरू आर्थिक रूपले संकट पर्छन्। उखु किसानका समस्या नयाँ होइन, धेरै वर्षअघिदेखि उनीहरूले यस्ता समस्या झेल्नुपरेको छ। किसानबाट संकलित उखुबाट चिनी मिलले कमाउँछन्, तर तिनलाई उखुको मूल्य दिनुपर्छ भन्ने चेत हुँदैन। मिल मालिकहरू गरिब किसानलाई समयमा मूल्य नदिई रकम खेलाउँछन् र अझ धनी बन्छन्।

 

 

 

उता उखु किसान दैनिकी जीवनसमेत गुजार्न नसक्ने अवस्थामा पुग्छन्। यो सवाल राज्यको दिमागसम्म नपुगेको होइन, तर राज्य सञ्चालकहरू ‘गुलियो चिनी’ अर्थात् व्यापारीको ‘कोसेलीपात’ मै मग्न छन्।यो वर्ष पनि किसान त्यही विडम्बनापूर्ण नियति भोग्न बाध्य छन्। समयमै मूल्य नपाएको परिणामस्वरूप किसान उखु खेतीप्रति निरुत्साहित हुँदै गएका छन्।

 

 

 

खेती बाँझै छाड्नुपर्ने परिस्थितिसमेत उत्पन्न भएको छ। उखुको ‘क्रसिङ’ सिजन सुरु हुँदा उखुको मूल्य निर्धारण हुन सकेको छैन। उखुको मूल्य निर्धारण उद्योगी, किसान र सरकारको त्रिपक्षीय छलफलबाट तय हुन्छ। बारा जिल्ला पनि उखू उत्पादनका हिसावले महत्वपूर्ण जिल्ला हो । यहाँका धेरै कृषकहरु उखू खेतीमा छन्् त्यसैले उखू कृषकहरुको समस्या तत्काल समाधान हुन आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here