सिमरा,बाराको सिमरामा संचालित किरण आँखा अस्पतालमा बिहीवार आयोजित रक्तदान शिविरमा २५ जनाले रगत दान गरेका छन् । शिविरमा चार महिलासहित २५ जनाले रगत दान गरेका हुन् ।हालै संचालनमा आएको किरण अस्पतालसंगको सहकार्यमा तेरापन्थ युवक परिषद् वीरगञ्जले शिविरको आयोजना गरेको थियो । शिविरमा रक्तसंचार केन्द्रले प्राविधिक सहयोग गरेको थियो ।किरण आँखा अस्पतालले भदौ १५ गतेदेखि सिमरास्थित सूर्य नेपालको कारखानाअगाडि आँखा उपचारको सेवा शुरु गरेको छ ।



















