मुलुक गणतन्त्रमा प्रवेश गरेको पनि दशक बितिसकेको छ । राजतन्त्र फ्याँकेर जनताले आफ्नै शासन व्यवस्था ल्याउने बताउँदै लामो संर्घषपछि मुलुकमा गणतन्त्र स्थापना त भयो तर गणतन्त्र संस्थागत नहुँदै अहिले सडकमा गणतन्त्रविरुद्ध नारा लाग्न थालेको छ ।शासकहरुको कुशल व्यवस्थापन हुन नसक्दा अहिले जनता विकल्प खोज्न थालेका छन् । जनताको चाहना समृद्ध नेपाल थियो तर आज शासकहरु समृद्ध नेपाललाई भाषणमा उतारे पनि व्यवहारमा भने लागू गर्न सकेको देखिँदैन ।
दल–दलबीचको व्यक्तिगत स्वार्थले अहिले विकास निर्माणका काम ओझेलमा पर्दै गएका छन् ।सत्तामा बस्नेलाई चौतर्फीरूपमा घेराबन्दीमा पार्ने काम विगतदेखि नै हुँदै आएकोमा अहिले त्यसले निरन्तरता पाएको छ । झण्डै दुई तिहाइ बहुमतको सरकारको विकल्प अहिले सत्तारूढ दलबाटै शुरु भएको छ ।
मुलुकमा रोजगारी सिर्जना गर्न सकिएको छैन । लाखौं युवा बेरोजगार भएर रोजगारीको खोजीमा बिदेसिन बाध्य छन् ।सरकारले विदेशमा नेपाली युवा–युवतीहरू अलपत्र परेपछि विदेश जानेलाई पनि कडाइ गर्न थालेपछि मानव तस्करहरुले भिजिट भिसामा नेपालीलाई खाडीलगायतका मुलुकमा पठाउने र त्यहाँ अलपत्र पार्ने क्रम पनि बढेको छ ।

Leave a Reply