दिपेन्द्र जयसवाल

गन्जभवानीपुर,बाराको बारागढी गाँउपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा मंगलवार वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरूका बोयर जातका बोका र आधुनिक तरकारी खेतीको लागि कृषि सामग्री वितरण गरिएको छ । पुनःएकीकरण कार्यक्रम अन्तर्गत ब्राखा पालन र तरकारी खेती गर्नेहरुलाई सामग्री वितरण गरिएको हो ।गाँउपालिका कार्यालय परिसरमा भएको सो कार्यक्रममा आधुनिक तरकारी खेती कार्यक्रमतर्फ स्प्रे टङ्की, उन्नत जातको बिउ, कोदालो तथा प्रमाण पत्र वितरण गरिएको थियो । गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी देवी रायको अध्यक्षतामा भएको सो बितरण कार्यक्रमा गाउँपालिका अध्यक्ष अशोककुमार जयसवाल, प्रमुख प्रशासकीय अधिकृत कमलेश कुमार मिश्र, वडा नम्बर ३ का वडा अध्यक्ष उमेशप्रसाद साह, सञ्चारकर्मी दिपेन्द्र जयसवाल, गाउँपालिका कार्यालयका रोजगार संयोजक पप्पु साहलगायत गाउँपालिकाभित्र रहेका वडा नम्बर १ देखि ६ सम्मका वैदेशिक रोजगारबाट फर्किएकाहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply