छिमेकी देश चीनमा कोरोना भाइरस देखिएको ठीक एक वर्ष पुगेको छ । डिसेम्बर १ मा पहिलो कोरोना संक्रमितलाई लक्षण देखापरेको थियो । यसपछिका दिन विश्वव्यापी रुपमा निकै त्रासदीपूर्ण अवस्थामा बितिरहेका छन् । यस रोगको मुहान भनेर चिनिएको चीनको वुहान प्रान्त यतिबेला शान्त हुँदा विश्वका अन्य मुलुक भने ठूलो चुनौतीको सामाना गरिरहेका छन् । कोरोना महामारीले विश्वका वैज्ञानिकहरुलाई रोगको पहिचान गर्न र यसविरुद्धको खोप आविस्कार गर्न हम्मेहम्मे पारेको छ ।
एक वर्ष लामो अध्ययनले पहिचान गरेका कतिपय खोप (भ्याक्सिन) हरुको विश्वसनीयतामा अझै प्रश्न उठिरहेका छन् । खोप उत्पादन मात्र नभै त्यसलाई विश्व बजारमा पुर्याउँने बाटाहरु उत्तिकै कठिन छन् । फरक–फरक कम्पनीले उत्पादन गरेका खोपहरु फरक कोलचेन मेन्टेनमा राख्नुपर्ने आधार तय भएका छन् । यसले झन् नेपालजस्ता समुद्रसम्मको पहुँचभन्दा बाहिर रहेका र कमजोर आर्थिक अवस्था भएका मुलुक अनिश्चितताकै अवस्थामा छन् ।खोपको परीक्षणसँगै ९० देखि ९५ प्रतिशतसम्म सफलता प्राप्त भएको र यही डिसेम्बर महिनाको दोस्रो सातादेखि ज्येष्ठ नागरिक, दीर्घरोगी, स्वास्थ्यकर्मी, फ्रन्ट लाइनमा खटिने व्यक्तिहरुलाई प्राथमिकतामा राखी खोप प्रयोगमा ल्याउने उद्घोष गरेका छन् ।
यो शुभ समाचारले विश्व नै आशावादी हुनु स्वाभाविकै हो । खोपको विश्वसनीयता, साइड इफेक्टसँगै जोडिएको अर्को पाटो भनेको कोरोना संक्रमण विरुद्धको खोप पहिला संक्रमित भैसकेकोबाट शुरु गर्ने कि संक्रमित नभएकाबाट भन्ने विषयमा अर्को अन्योलको विषय छ । यसो हुनुको प्रमुख कारण संक्रमितको संख्या यकिन नहुनु नै हो । कोरोनाको उद्गमस्थल चीनमा पनि कोरोना संक्रमित तथा मृतकको संख्या लुकाएको आरोप अमेरिका र युरोपले लगाउँदै आएको छ ।बारा र पर्सा नेपालको सवलामा सबैभन्दा बढी आक्रान्त हुने जिल्लाहरु शुरुमा थिए तर हाल मत्थर जस्तो देखिएपनि अवस्था भने उस्तै छ ।

Leave a Reply