कलैया ।बारामा कोरोना संक्रमित एकजना महिलाको मृत्यु भएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका ४ कि ७१ धन कुमार सुनुवारको आज बिहान पौने सात बजे वीरगन्ज स्थित नेशनल मेडिकल कलेजको आईसोलेशन बाबा होटेलमा मृत्यु भएको हो । सुनुवारलाई दमको समस्या भएपछि मंसिर १६ गते वयोधा हस्पिटल लगिएकोमा पीसीआर रिपोर्ट पोजेटिभ आएपछि बाबा होटलको आइसोलेशनमा लगिएकोमा आज मृत्यु भएको प्रहरीले जनाएको छ।