कृष्ण मोहन साह
सेढवा,पर्साको जिराभवानी गाँउपालिकामा सोमवारदेखि राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ ।
पालिकाको शिक्षाले आयोजना गरेको सो प्रतियोगिता वडा नम्बर ४ मा रहेको सुपौली खेल मैदानमा संचालन गरिएको हो । प्रतियोगितामा छात्र र छात्रातर्फ १०० मीटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर र ३ हजार मिटर दौड प्रतिस्पर्धा हुने जनता माध्यमिक विद्यालय जीतपुर नौकाटोलाका प्रधानाध्यापक रमाशंकर चौधरीले बताउनुभयो ।
यसका साथै छात्र र छात्रातर्फ हाईजम्प, लाङ्ग जम्प, रिले दौड र ज्याभलिङ्ग थ्रो खेलको प्रतिस्पर्धा हुने प्रअ चौधरीले जानकारी दिनुभएको छ । सो प्रतियोगितामा पालिकाभित्र रहेका ३ वटा मावि, २ वटा निमावि र १२ वटा आधारभूत विद्यालयका छात्रछात्राहरुको सहभागिता रहेको छ ।

प्रतियोगिताको उद्घाटन पालिका अध्यक्ष अनोज चौधरीले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा उपाध्यक्ष रेखा चौधरी, वडा अध्यक्ष राजेश्वर दास, दारा सिंह राउत थारु लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिता मंगलवारसम्म चल्ने आयोजकले जनाएको छ।

Leave a Reply