पुष्पराज खतिवडा

मनहर्वा,साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको संयुक्त आयोजनामा शुक्रवार बाराको सिमरामा बार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ ।बारा, पर्सा र रौतहट जिल्लामा संचालित साना किसान कृषि सहकारी संस्था लिमिटेडहरुका अध्यक्ष तथा प्रबन्धकहरुको क्षमता विकास तथा आर्थिक वर्ष २०७९÷०८० को वार्षिक प्रगति समीक्षा गोष्ठी कार्यक्रम सम्पन्न भएको हो ।साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड एवम् नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमबहादुर पाठकको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय संघका महाप्रबन्धक रुद्र भट्टराई, वित्तीय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृतद्वय पृथबहादुर थापा तथा झलेन्द्र भट्टराईले सहजिकरण गर्नु भएको थियो ।कार्यक्रममा नेपाल भारत मानव विकास एवं मैत्री संघका अध्यक्ष सुर्य भुषाल, सानिमा रिलायन्स लाइफ इन्सुरेन्स कम्पनीका अधिकृत अनोज थापा र प्रसंसा ढुंगाना लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय, हेटौडाका शाखा प्रबन्धक कृष्णकुमारी शर्मा लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।यस्तै वित्तिय संस्थाको शाखा कार्यालय हेटौंडामा कार्यरत कर्मचारीहरु, नेपाल कृषि सहकारी केन्द्रीय संघका कर्मचारीहरुको समेत प्रतिनिधित्व रहेको कार्यक्रममा बारा, पर्सा र रौतहटका ३४ वटा साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष र प्रबन्धकहरु गरी ६८ जनाको सहभागितामा रहेको थियो ।

Leave a Reply