बुधवार प्रहरी दिवस देशभर मनाइएको छ । नेपालमा प्रहरी संगठन स्थापना भएको पनि सात दशक पूरा हुनै लागेको छ । सात दशकको यो अवधिमा नेपाल प्रहरीले पनि समस्या झेल्न परेको छ । विभिन्न आरोह अवरोहरु पार गर्दै नेपाल प्रहरी ७० वर्ष पु्रानो भएको छ । जति धेरै यो संगठन पुरानो हुदै गयो उति नै यो संगठनको महत्व अनि जिम्मेवारी पनि बढेको छ । सीमित स्रोत साधनका बावजुद पनि प्रहरीले आफूलाई अब्बल बनाउने कोसिस गरिरहेको छ ।

यस वर्षको प्रहरी दिवस मनाइरहदा प्रहरी संगठनसंगै प्रहरीको अधिकार र क्षेत्राधिकारका विषयमा पनि बहस भएको छ । अब यो बहस प्रदेश स्तरमा नै आएको छ । नेपालमा सुरक्षका सवालमा महत्वपूर्ण मात्र नभइ नेतृत्वदायी भूमिकामा रहने प्रहरी संगठनकै विषयमा आँखा सबैले लगाएको देखिन्छ । स्थानीय सरकार त नभनौं, प्रदेश सरकारहरुले प्रहरीको कुरा उठान गरेको देखिन्छ ।
प्रदेशहरुले आफूहरुले प्रहरी चलाउन नपाएको गुनासो गरेका छन् । संघीयताको अभ्यास भएपछि त प्रहरी पनि समायोजन त हुनुपर्ने हो तर नेपालको सन्दर्भमा यो नियम लागू भएको देखिदैन । किन संघीयतामा प्रहरी समायोजनको कुरा हुनुभएन नत्र प्रहरी पनि समायोजन हुनुपर्दछ तर यो विषय फेरि जटिल चैं छ । त्यसैले प्रदेशले मागेको जसरी प्रहरी समायोजन हुन सक्छ कि सक्दैन बहस चैं चलाउनुपर्दछ ।

















