नरेश गुप्ता,

बरियारपुर, १२ भदौँ– सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेड क्वाटर बाराले २ लाख ३६ हजार मुल्य बराबरको भन्सार छलीको कपडा बरामद गरेको छ ।

गणबाट खटिएको मोवाईल टोलीले सरप्राईज चेकप्वाईन्ट खडा गरी चेकजाँच गर्दा जिल्लाको निलकण्ठवा सीमा नाकाबाट मोटरसाइकलमा राखेर अवैधरुपमा भन्सार छली भारतबाट ल्याइएको विभिन्न प्रकारका लत्ताकपडा बिहिबार बरामद गरेको गणपति सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजीतले जानकारी दिनुभयो ।

सिमा ईलाकाको निगरानी तथा अवैध चोरी निकासी र पैठारी नियन्त्रण तथा निस्तेज कार्यको लागि नियमित खटाइएको टोलीले कलैया उपमहानगरपालिका वडा नम्बर– १० निलकण्ठवाको सिमा ईलाकामा सरप्राईज चेकप्वाईन्ट खडा गरेर बसेको प्रहरीले मोटरसाइकलसहित लत्ताकपडा बरामद गरेको हो ।

सशस्त्र प्रहरीलाई देखेपछि तस्करहरुले कपडासहतिको मोटरसाइकले छोडेर भारततर्फ नै भागेको प्रहरीले बताएको छ । बरामद कपडामा १ सय ८४ थान लेडिज सल, ८४ थान सारी तथा ब्लाउजको कपडा ६ बण्डल रहेको गणका सुचना अधिकारी सहायक प्रहरी नायव उपरीक्षक प्रनाउ निरन्जन भण्डारीले जानकारी दिनु भएको छ । बरामद सामानहरु भन्सार दाखिला प्रकृयामा रहेको भण्डारीले जानकारी दिनु भएको छ ।

यसैगरी बिहिबार बिहान सिम्रौनगढ नगरपालिका वडा नम्बर– ६ बसबरियाबाट उक्त गणको मातहतमा रहेको सीमा फर्वार्ड पोष्ट झरोखरको सशस्त्र प्रहरी निरीक्षकको टोलीले ३० थान डि.टि.यच. सेटअप बक्ससहित करिब ७० हजार रुपैया बराबरको सुर्ती र विभिन्न प्रकारका कपडाहरु बरामद गरेको छ । भारतबाट हुदै आएको चोरी तस्करी रोक्न सशस्त्र प्रहरी बाराले बिओपी, सुरक्षा बेश तथा गणको टोलीलेसमेत सीमा ईलाकामा गस्ति बढाएको छ । सशस्त्र प्रहरीको सक्रियतासंगै यस क्षेत्रबाट हुने चोरी तस्करीका सामान बरामद हुने क्रम पनि बढेको छ ।

Leave a Reply