सिमरा,तेस्रो जीतपुरसिमरा क्रिकेट कपको उपाधिका लागि चितवन र सर्लाहीबीच प्रतिस्पर्धा हुने भएको छ । समूह ‘ए’ अन्तर्गत शुक्रबार भएको अन्तिम खेलमा आयोजक जीतपुरसिमरा स्पोर्टस् क्लबलाई पराजित गर्दै चितवनले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

सेज क्रिकेट मैदान औराहमा सम्पन्न खेलमा १४६ रनको लक्ष्य पछ्याएको चितवनले १६.५ ओभरमा आठ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । चितवनको जितमा सुदीप अर्यालले अविजित ३० रनको महत्वपूर्ण योगदान दिए । यस्तै रोशन झाले २८, आर्या महतोले २२, डेनिल गुरुङले १३, प्रतिक श्रेष्ठले १२ र रिजन काफ्लेले १० रन जोडे ।
आयोजकका बलर राहुल यादव, अजय पटेल र रोशन पोखरेलले समान दुई÷दुई विकेट लिए भने रेहान जाकिर र रेयाज शेखले एक÷एक विकेट हात पारे ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जीतपुरसिमराले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४५ रन बनाएको थियो । आयोजकका कमलेश दासले ३६, विजय गुप्ताले २८, विकास सर्राफले १७ र अजय पटेलले १६ रन बनाए । अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।
चितवनका लागि गौतम केसीले तीन विकेट लिए भने सुमित शर्मा र जेनिश महतले एक÷एक विकेट लिए ।
उत्कृष्ट प्रदर्शनका लागि चितवनका सुदीप अर्याल प्लेयर अफ दि म्याच घोषित भए । उनलाई युवा व्यवसायी प्रफुल्ल शमशेर राणाले पुरस्कृत गरे । साथै मनिष सापकोटाले जनकपुर बोल्ट्सको जर्सी प्रदान गरेका थिए ।
प्रतियोगिताको फाइनल खेल शनिबार दिउँसो १ बजेदेखि सुरु हुनेछ । प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ तथा उपविजेताले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलको प्रमुख आतिथ्यतामा हुने समापन समारोहमा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का तथा पूर्व कप्तान विनोद दासको समेत उपस्थिति रहने जनाइएको छ ।


















