वीरगन्ज,विश्व स्वास्थ्य संगठनले कोभिड((१९ का बिरामीलाई रेम्डेसिभिर औषधी प्रयोग नर्गन आग्रह गरेको छ ।

नेपाल लगायतका विभिन्न देशमा कोभिडका गम्भिर बिरामीलाई रेम्डेसिभिर औषधि दिइएको छ । आपतकालीन अवस्थामा प्रयोग हुँदै आएको रेम्डेसिभिर औषधि डब्लूएचओले औषधी सूचीबाट हटाएको हो । केही समय अघिदेखि नै कोरोनाका बिरामीलाई रेम्डिसिभिर प्रयोग नगर्न डब्लुएचओले आग्रह गर्दै आएको थियो । विश्व स्वास्थ्य संगठनले कोभिड बिरामीलाई आपतकालीन अवस्थामा प्रयोगका लागि अनुमति दिएपनि हाल कोरोना उपचारको औषधिको सूचीबाट हटाएको हो ।

विश्व स्वास्थ्य संगठनले कोभिड बिरामीका लागि रेम्डेसिभिर औषधिले काम नगर्ने भनिरहँदा नेपालमा भने रेम्डेसिभिर औषधि नेपालमै उत्पादन गर्न लागिएको हो । औषधि व्यवस्था विभागले रेम्डेसिभिर औषधी उत्पादनका लागि वीरगन्जको नेसनल हेल्थ केयरलाई अनुमति दिएको छ । औषधी उत्पादनका लािग अनुमती दिएपनि बजारमा बिक्रीका लागि विभागले अनुमति दिएको छैन । नेपालमा कोरोना संक्रमित बढेसँगै रेम्डेसिभिर औषधीको माग बढ्दो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here