कलैया,नेपाल कम्युष्टि पार्टी एकिकृत समाजवादी मधेस प्रदेश कमिटी सदस्य एवंम सो पार्टीको बारा क्षेत्र नम्बर ४ क्षेत्रीय कमिटी संयोजक कृष्ण खनालसहित विभिन्न पार्टी परित्याग गरी जीतपुरसिमरा उपमहानगरपालिकाका १ दर्जन बढी कार्यकर्ता बुधवार नेकपा एमालेमा प्रवेश गरेका छन ।एमाले प्रवेश गर्नेहरुमा खनालसहित नेकपा माओवादी केन्द्र उपमहानगर कमिटी उपाध्यक्ष कयामुदिन मिया मंसुरी, एकिकृत समाजवादीका बारा जिल्ला कमिटी सदस्य भोटाई चौधरी, हरि जमकट्टेल, मनोज राम, माओवादी केन्द्र जीतपुरसिमरा वडा नम्बर २३ कमिटी अध्यक्ष र अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश युवा अध्यक्ष बाबुदिन मंसुरी, माओवादी केन्द्र २३ नम्बर वडा कमिटी उपाध्यक्ष अमीर मिया मंसुरी, माओवादी केन्द्र दलित मुक्ति मोर्चा जीतपुरसिमरा नगर अध्यक्ष मोतिलाल पासवान,. माओवादी केन्द्र नगर कमिटी सदस्य अस्लम हुसेन र समाजवादीका विद्यार्थी नेता रोशन सुबेदी लगायत रहेका छन ।नवप्रवेशीहरुलाई बालकोटमा भएको एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधवार अवीर र खादा ओडाएर पार्टीमा भित्र्याउनुभएको थियो ।

Leave a Reply