कलैया, १० भदौँ– कलैयास्थित प्रभु बैङ्क लिमिटेडले सोमवार जिल्ला अस्पताल कलैयालाई १० थान पिपिई सेट सहयोग गरेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यलयमा आयोजित एक कार्यक्रममा बैङ्कका शाखा प्रवन्धक चन्दनप्रसाद गुप्ताले जिल्ला स्वास्थ्य कार्यालयका निरीक्षक तथा कोरोना रोग फोकल पर्सन शंकरप्रसाद गुप्तालाई १० सेन पिपिई हस्तान्तरण गर्नुभएको हो ।

कोरोना पोजेटिभ संक्रमितको उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीहरुको लागि अत्यावश्यक मानिएको पिपिई सेट उपलब्ध गराएकोमा फोकल पर्सन गुप्ताले बैंकलाई धन्यवाद दिनुभएको थियो । उहाँले विपदको सामना गर्न संघसंंस्थाहरुको सहयोग पनि उत्तिकै आवश्यक रहेको पनि बताउनुभयो ।

बैङ्कका शाखा प्रवन्धक गुप्ताले बैङ्कले विगतमा पनि समाजिक कार्यहरुमा सहयोग गर्दै आएको बताउदै यस्तो विषम परिस्थितिमा पनि ज्यानको पर्वाहा नगरी अग्रमोर्चामा रहेर संक्रमण विरुद्ध काम गरिहनुभएका स्वास्थ्यकर्मीको सुरक्षा र सहयोगमा आफुहरु कहिल्यै पछि नपर्ने बताउनुभयो ।

उहाँले कोरोना पोजेटिभहरुको उपचारमा संंलग्न स्वास्थ्यकर्मीको सुरक्षा गर्नु सबैको दायित्व भएको पनि बताउनुभयो । ंएउटा मान्छेको ज्यान बचाँउने क्रममा अर्कोको ज्यान जोखिममा पार्न नहुने भन्दै उहाँले स्वास्थ्यकर्मीहरुको व्यक्तिगत सुरक्षाको लागि अस्पताललाई पिपिई सहयोग गरेको बताउनुभयो ।

उहाँले बैङ्कले आगामी दिनमा पनि निरन्तररुपमा यस्तो सहयोग जारी राख्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभएको थियो । बारामा संक्रमितहरुको संख्या दिनहुँ बढदै जादाँ चिन्ता थपिएको उहाँले बताउनुभयो ।

पछिल्ला केही दिनयता कोरोना संक्रमितको संख्या बढदै गएको बारा जिल्लामा आइतवारमात्रै ९२ जना संक्रमित थपिएका छन ।

Leave a Reply