वीरगन्ज,कोअपरेटिभ लिटर्स क्लब पर्साको आयोजनामा नेफ्स्कुन फिल्ड कार्यालय वीरगन्जको प्रविधिक सहयोगमा बुधबार वीरगन्ज महानगरपालिका वडा नम्बर २४ मा रहेको श्रीशारदा माध्यमिक विद्यालय बहुअरीमा सहकारी शिक्षा अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ । सो क्रममा उक्त विद्यालयका विद्यार्थीहरुलाई सहकारीको विषयमा जानकारी गराइएको थियो ।

कोअपरेटिभ लिटर्स कलब पर्साका अध्यक्ष रामनिवास देहातीको अध्यक्षमा भएको सो कार्यक्रममा प्रमुख अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साका अध्यक्ष राजेश पडित रहनु भएको थियो । विशिष्ट अतिथिमा शिवम् साकोसका प्रवन्धक एवम् बचत संघ पर्साका लेखा संयोजक राजेन्द्र जैसवाल, शारदा माविका प्रध्यानाध्यापक रामनारायण मिश्रा, बिस्कोका अध्यक्ष डि. बि. कार्की लगायत गृहलक्ष्मी साकोसका अध्यक्ष अशोक राउत अहिर, बचत संघका संचालक बिजय गुप्ता, हदयनारायण साह, कुन्दन पाल, नेफ्स्कुन फिल्ड कार्यालय वीरगन्ज प्रवन्धक बृजेश गुप्ता, चेतना साकोसका अध्यक्ष जगबहादुर पटेल, दैनिक साकोस रुपेश पटेल, ताज साकोसका ताज मंंसुरी, नवजीवन साकोसका रामबिनेश ठाकुर, जनप्रतिनिधि रामकेश्वर कुशवाहालगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा नेफस्कुनका प्रवन्धक बृजेश गुप्ता र बचत संघका संचालक सदस्य कुन्दन पालले प्रशिक्षण दिनुभएको थियो । स्वागत मन्तव्य बिस्कोनका अध्यक्ष डि. बि. कार्कीले गर्नुभएको थियो भने कार्यक्रम संचालन बृजेश गुप्ताले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here