डुमरवाना,साना किसान कृषि सहकारी संस्था लि. डुमरवानाको २९औँ वार्षिकोत्सव तथा स्थापना दिवस सम्पन्न भएको छ ।
संस्थाले आफ्नो स्थापना दिवसको अवसर पारेर सोमवार विविध कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव सम्पन्न गरेको हो । कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत झलेन्द्र भट्टराईले सहकारी शिक्षा, वितीय साक्षरता लगायत अन्तरसमूह सुदृढीकरणसम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।
यसैगरी नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका सल्लाहकार एकराज उप्रेतीले संस्थाका सदस्यहरुलाई सहकारी सिद्धान्त, मूल्य तथा मान्यताहरु, साना किसान अभियान लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो । संस्थाका अध्यक्ष प्रदिपसिंह बरालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन पूर्वमन्त्री एवं संघीय साँसद ज्वालाकुमारी साहले गर्नुभएको थियो ।
जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी, वडा नम्बर १५ का वडा अध्यक्ष रामप्रसाद लामिछाने, बचत तथा ऋण सहकारी जिल्ला संघ बाराका अध्यक्ष मिश्रीलाल सहनीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सञ्चालक समितिका तर्फबाट सुकुमाया वाइवाले स्वागत मन्तव्य राख्नुभएको थियो भने संस्थाका राजेन्द्र जम्कटेलले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।


















