निजगढ, १५ कार्तिक– निजगढका एक जना कोरोना संक्रमितको वीरगंजमा मृत्यु भएको छ । निजगढ नगरपालिका वडा नम्बर– ९ का ६२ वर्षीय पुरूषको वीरगंजस्थित नेशनल मेडिकल कलेजको आइसोलेसन सेन्टरमा शनिबार बिहान मृत्यु भएको हो ।

उनको उपचारको क्रममा शनिबार पौने ६ बजे उनको निधन भएको अस्पतालका चिकित्सक डा. परवेज अन्सारीले जानकारी दिनुभयो । डाक्टर अन्सारीका अनुसार आईसोलेसन भर्ना गर्दा नै कोभिड निमोनियाका कारण उनको अवस्था गम्भीर थियो । उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारको लागि वीरगञ्ज ल्याएकोमा उनमा १३ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन नेशनल मेडिकल कलेनको आइसोलेसन सेन्टरमा भर्ना गरिएको थियो ।

योसंगै निजगढमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ पुगेको निजगढ नगरपालिका स्वास्थ्य शाखा उपप्रमुख मणिश्वर घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार हाल निजडढमा सक्रिय संक्रमतिको संख्या १९ रहेको छ ।

 

त्यसैगरी शनिबार देशभर २५ सय आठजना कोरोना भाइरस (कोभिड– १९) संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अपडेट अनुसार देशभर हिजो ९ सय ७६ जना महिला र १५ सय ३२ जना पुरुष संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार यही अवधिमा २२ सय ६४ जना संक्रमित निको भएका छन । होम आइसोलेसन, संस्थागत आइसोलेसन र अस्पतालमा उपचाररत संक्रमित निको भएका हुन् । पछिल्लो अपडेट अनुसार शनिबार ९ हजार २ सय ७९ पिसिआर परीक्षण भएको छ । शनिबार देशभर १७ जनाले ज्यान गुमाउदा हालसम्म मृत्यु हुनेको संख्या ९ सय ३७ पुगेको छ । अहिलेसम्म निको भएर १ लाख ३१ हजार २ सय २२ जना घर फर्किएका छन । देशभर शनिबारसम्म २२.६ प्रतिशत अर्थात् ३८ हजार ३ सय ५७ सक्रिय संक्रमित रहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here