राजनकुमार बानिया

पोखरिया, ३१ साउन– पर्साको कालिकामाई गाउँपालिकाको कार्यालय परिशर शुक्रवार दिउसो ३ बजे पौराणिक महत्वको खुर्दुक सहनाई र सिंह बाजाको धुनले गुन्जित थियो । लोप हुदै गएका लोक बाजको धुन कानमा परेपछि कालिकामाई गाउपालिका वडा नम्बर– ३ निवासी अलनदेव हजरा गाउँपालिकाको कार्यालय परिशरभित्रै पुग्नुभयो । कुनै उत्सव वा बिहेबारीको लगन पनि छैन । उहाँको मनमा एउटै खुल्दुली थियो– यी पुराना बाजा कसले र किन बजाएका होलान ।

कार्यालय परिशरमा स्थानीय जनप्रतिनिध, कार्यालयका कर्मचारी र गाउँका अन्य गन्यमान्यसहित धेरै मान्छे थिए । त्यहा जम्मा भएका सबैको मुहार निधाउरो थियो । यो उक्त दृश्य देख्ने बित्तिकै शुरुमा भावविलह बन्नुभएका हजाराले पछि बुझ्नुभयो– गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत राजु साहको बिदाइ भइरहेको रहेछ ।

बाजा बाजिरहेको थियो, टिका माला र घाटीमा दोसल्ला तथा मालाको चाङ्गले प्रशासकीय अधिकृत साहको घाँटी पुरिएर टाउकोसम्म पुगेको थियो । कार्यक्रममा उपस्थित सबैको मुहारमा चिन्ताको भाव पनि उत्तिकै तीव्र बन्दै थियो । साहको बिदाइ कार्यक्रममा उपस्थित जनप्रतिनिधी, कर्मचारी, स्थानीय, समाजिक अगुवा र सर्वसाधारणको आँखा रसाएका थिए । उनीहरु एक कुशल कर्मचारीको बिदाइ गर्नु पर्दाको क्षणमा भावविहल बनेका थिए ।

दुई वर्ष अगाडिसम्म लथालिङ्ग अवस्थामा रहेको कालिकामाई गाउँपालिकाको कार्यालयलाई आफनो १६ महिने कार्यकालमा साहले व्यवस्थित बनाउदै सर्वसाधारणको सेवा प्रवाह सहज पार्नु भएको थियो । कार्यालयमा दैनिक उपस्थित भएर जनताको सेवामा काममा व्यस्त रहने गरेकाले स्थानीय सबैको आँखाको नानी जस्तै बन्नु भएको थियो उहाँ । प्रमुख प्रशासकीय अधिकृत साहको सबैसंग घुलमिल हुने अर्को राम्रो बानी थियो । एक कुशल कर्मचारीलाई कालिकामाईलाई बिदाइ गर्नुपर्दा आफुलाई पनि दुख लागेको हजराले बताउनुभयो । ‘साह दैनिक कार्यालममा बस्ने पर्सा जिल्ला कै एक मात्र हाकिम हु्नुहुन्थ्यो, हजराले भन्नुभयो, शायद यस्ता असल र राम्रा कर्मचारी धेरै छैनन होला ।’

युवा जोश जाँगर भएका ३५ बर्षिय कार्यलय प्रमुख साहले कार्यालयमा हाजिर भएको दिनदेखि नै निक्कै मेहनत गरेर गाउँपलिकाबाट दिइने सेवा सुविधालाई चुस्त÷दुरुस्त र प्रभावकारीसंचालन गर्दै आउनुभएको थियो । उहाँले कार्यालयका कर्मचारी, जनप्रतिनिधि, स्थानीय राजनितिक दलका प्रतिनिधि र सर्वसाधारणसंग समन्वय गरेर काम गर्नुभएको थियो । साहले गाउँपालिकाको विकास निर्माण योजना र बजेट संचालनको क्रममा कठोरता र पारदर्शीता अपनाएर काम गरेको हजराले बताउनुभयो ।
विदाई समारोहमा मन्तव्य राख्दै पालिका अध्यक्ष नथुनी कुशवाहाको मन भक्कानिएको थियो र रोक्न खोज्दाखोज्दै पनि पटकपटक आँखाबाट आँशु झरेका थिए । उहाँले आफनी छोरीको बिवाहाको दिन सम्झदै आफु दोश्रोपटक यति धेरै दुखी बनेको बताउनु भएको थियो । ‘पहिलोपटक छोरीलाई घरबाट बिदाइ गरेर पठाउदा यसरी नै आँशु झरेको थियो, उहाँले भन्नुभयो, अहिले राजु सरलाई कार्यालयबाट विदाइमा गर्नु पर्दा पनि त्यस्तै महशुस भएको छ ।’ उमेरको हिसाबले प्रशासकीय अधिकृत साह र आफु हजुरबुबा र नाती जस्तो भएपनि गाउँपालिका संचालन गर्न धेरै ज्ञान पाएको अध्यक्ष कुशवाहाले बताउनुभयो ।

सोही कार्यक्रममा बोल्दै अधिकृत साहले एउटा कर्मचारीको सरुवा÷बढुवा सामान्य कुरा भएको भन्दै विदाइ कार्यक्रममा उपस्थित हुने सबैलाई धन्यवाद दिनुभएको थियो । उहाँले आफुले एक्लै केहि पनि नगरेको बताउदै सबै मिलेर काम गर्दा गाउँपालिकामा केही सुधार आएको बताउनुभयो । ‘सबै मिलेर इमान्दारिताका साथ काम गर्ने हो भने जस्तो सुकै अवस्थामा पनि सुधार गर्न सकिन्छ, उहाँले भन्नुभयो, त्यही कुराको उदाहरण कालिकामाई गाउँपालिकामा देखिएको छ ।’ उहाँले नँयां आउने कार्यालय प्रमुखलाई आफुसंग जस्तै मिलेर र सहयोग गरेर काम गर्न पनि उहाँले सबैलाई आग्रह गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत साह सरुवा भएर दोलखा जिल्ला जान लाग्नु भएको हो ।

Leave a Reply