कलैया, ३१ साउन– साल्ट ट्रेडिङ्ग कम्पनीबाट अनुदानमा ल्याएको रसायनिक मल बढी मुल्य लिएर किसानलाई बिक्री गरेको आरोपमा प्रहरीले कलैयाबाट शुक्रबार दुई जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले कलैया उपमहानगरपालिका वडा नं.१ राजदेवी टोलस्थित कुशवाहा बिज भण्डारका संचालक मुरारी साह तेली र महागढीमाई नगरपालिका वडा नं.७ घर भई हाल कलैया उपमहानगरपालिका वडा नं.१ मा बस्ने श्री आसकामिनिमाई कृषि सहकारी संस्था लि. कलैयाका कर्मचारी धनन्जयप्रसाद साहलाई नियन्त्रणमा लिएको हो ।

आसकामिनिमाई कृषि सहकारी संस्था लि. ले साल्ट ट्रेडिङ्ग कम्पनी वीरगंजबाट अनुदानमा खरिद गरेर ल्याएको रसायनिक मल बढी मुल्य लिएर किसानलाई बिक्री वितरण गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले पसलमा छापामार गरी उनीहरुलाई मलसहित नियन्त्रणमा लिएको हो ।

प्रहरीले पसलमा भण्डारन गरी राखेको १९ बोरा युरिया मल, सल्फेट १४ बोरा र भारतीय युरिया मल २२ बोरा गरी जम्मा ५५ बोरा मल खादसमेत बरामद गरेको बताएको छ ।

पक्राउ परेका दुबैमाथि कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार आवश्यक कारवाही भइ रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्त समेत रहनुभएका डिएपी गौतम मिश्राले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here