जतिखेर जे भएपनि मारमा पर्ने भनेको कृषक नै रहेछन ।नेपाल अहिलेसम्म पनि कृषिमा नै निर्भर देश भएकाले पनि हावा आएपनि, पानी परे पनि, खडेरी लागेपनि मारमा पर्ने भनेको कृषकहरु नै हुन । कृषकहरुलाई जे गरेपनि सुख छैन ।
बाराको सिम्रौनगढमा हालै आएको हावाहुरीका कारण बालीमा क्षति भएपछि कृषकहरु आन्दोलनमा उत्रिएका छन् । कृषकहरुलाई नगरपालिका कार्यालयमा नै धर्ना दिन जानु परेको छ । यो कृषकहरुको रहर पक्कै पनि होइन । बाध्यता नै हो । सरकारमा जो आएपनि,भएपनि कृषकहरुको अधिकारका कुरा गरेपनि उनीहरुलाई राहत दिने विषयमा कोही सकारात्मक देखिदैनन ।

त्यसो त नेपालको भूभोग पनि एकनासको छैन । त्यसैले पनि प्रकृतिले अजानलाई क्षति गर्ने गर्दछ । जो जहाँ पुगे पनि कृषि बिना अलग रहनसक्ने कुरै भएन किनभने बिहान र बेलुका भान्छामा जसको पनि कृषकले उत्पादन गरेको अजान पाक्ने हो । पैसा नै तिरेर भएपनि खाने त कृषकले नै उत्पादन गरेको कुरा नै हो । यो कुरा सबैले बुझेको भएपनि कृषकहरुको पीडाको सवालमा सबै अबुझ जस्ता देखिन्छन् ।

अब स्थानीय सरकारले भने केही नीति पो बनाउने होकि ? केही समस्या परेको खण्डमा स्थानीय सरकार भएकाले कृषकहरु स्थानीय निकायकै दैलो ढकढकाउन पुग्ने भएकाले पनि अब स्थानीय निकायहरुले कृषकहरुको समस्या, पीडाको विषयमा कुरा बुझेर नीति बनाउन आवश्यक देखिन्छ ।आखिर यस्तो समस्या त बारम्बार आइनैरहन्छ । र फेरि यसमा जो पनि पर्न सक्ने भएकाले यस्ता समस्या आउन नदिनका लागि मल बिउको अलवा, प्राकृतिक प्रकोपबाट जोगिने उपायहरुका विषयमा नीति बनाएर किसानलाई साथ दिन चैं आवश्यक देखिन्छ ।

Leave a Reply