राजन कुमार बानिया
पोखरिया – काेराेना परिक्षणकाे लागि पर्साको धोबिनी गाउँपालिकामा रहेको क्वारेन्टाइनमा साेमबार आरडिटी परिक्षण गरिएकाे छ । धोबिनी गाउँपालिकाको वडा नं ४ मा रहेको श्री काली प्रसाद लाखे माध्यमिक बिधालय लंगडीमा रहेको क्वारेन्टाइनमा रहेका १२ जना मध्ये साेमबार ६ जनाकाे काेभिड १९ काेराेना भाइरस संक्रमण परिक्षणकाे लागि बल्ड संकलन गरि आरडिटी कीटबाट परिक्षण गरिएकाे हो । क्वारेन्टाइनमा रहेको मध्ये ६ जनालाई रेपिट डाईगनस्टिक टेस्ट गरिए पछी घर फर्काएको र ६ जना क्वारेन्टाइनमा राखिएको गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत भरत चौधरीले जनाएका छन् ।
क्वारेन्टाइनमा रहेको ६ जनालाई १४ दिन पुगी कीटको माध्यमबाट आरडिटी परिक्षण गर्दा नगेटिभ रहेकोमा घर पठाएको अधिकृत चौधरीले जनाएका छन् । नारायणी अस्पताल निर्देशनमा पोखरिया अस्पतालका लैब असिस्टेन्टको टोलीले कोरोना सम्बन्धि चेकचाँजकाे लागि बल्ड संकलन गरि आरडिटी कीटको माध्यमबाट परिक्षण गरिएको अधिकृत चौधरीले जानकारी गराउनु भयाे । काेराेना परिक्षणकाे लागि रक्त सकंलन गरि कीटको माध्यमबाट रेपिट डाईगन्सटिक टेस्ट परिक्षण गरिएको बताउनु भयाे ।
परिक्षण क्रममा पोखरिया अस्पतालका लैब असिस्टेन्ट सुशील कुमार चौरसिया, वडा अध्यक्ष मजिद मियाँ , स्वास्थ्य संयोजक संजय यादव, पत्रकार, सशस्त्र प्रहरी निरिक्षक निरंजन कुमार, ईलाका प्रहरी कार्यालय लंगडीका प्रहरी नायब निरिक्षक वसन्त थापा लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply