कृष्ण मोहन साह
सेढवा,पर्साको जिराभवानी गाउँपालिकास्थित एक पसलमा मंगलवार बेलुका बिधुट सर्ट हुँदा भएको आगलागीबाट १५ लाख रुपैया बराबरको क्षति भएको छ ।जिराभवानी गाउँपालिका वडानम्बर ४ सुपौली बजारमा स्थानीय दिलिप चौधरीले संचालन गरेको कपडा पसलमा बेलुका ६ः३० बजेको समयमा अचानक बिधुत सर्ट भएर आगलागी भएको हो । आगलागीबाट करिब १५ लाख रुपैया बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायब निरीक्षक ध्रुवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार आगलागीबाट पसलमा रहेका अधिकांश कपडा र सरसामान जलेर नष्ट भएको छ । पोखरिया नगरपालिका, सखुवा पर्सौनी गाउँपालिकाबाट गएको बारुण यन्त्र र नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको प्रहरी नायब निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।


















