जे भएपनि तराई मधेशका लागि फास्टट्याक अथवा द्रुर्तमार्ग एक सपना नै हो । वषौंदेखिको सपना पूरा होला कि भनेर तराई मधेशका नागरिकहरुले चासो दिइरहेको पनि देखिन्छ ।हुन त यो देशकै गौरवको योजना हो । यो बाटो बन्नेबित्तकै देशका लागि पनि धेरै फाइदा हुने कुरा भयो नै । बाराको निजगढबाट ललितपुरको खोकनासम्म पुग्नका लागि यो बाटो निकै महत्वपूर्ण छ । यो कुरा सबैलाई थाहा भएकै कुरा हो नै तैपनि यो बाटो कहिले बन्ला भन्ने कुरा महत्वपूर्ण छ ।

पछिल्लो समय यो बाटो बन्दै गइरहेको कुरा आएको छ । २०७४ सालमा नै शुरु भएको भनेपनि हुने यो बाटो बन्नुुको विकल्प छैन । नेपाली सेनाले हात हालेको हुनाले पनि यो बाटो बन्ला भन्नेमा सबैलाई आशा लागेको छ । तैपनि बाटो बन्ने क्रममा केही समस्या देखिएको छ । केही न केही विकृति पनि देखिएको छ । पछिल्लो समय निर्माणको जिम्मा लिएको चिनिया कम्पनीलाई नै कारबाही गरिएको कुरा पनि आएको छ ।यसमा स्वार्थ कसैको नहोस् मुख्य कुरा यही नै हो । स्वार्थले त झन् बाटो नबन्ने निश्चित छ र यसले देशलाई नै घाटा पनि हुनेछ । देशलाई घाटा भनेको नेपालीहरुका लागि पनि घाटा हो र विकासमा देश निकै पछाडि पर्नु पनि हो ।त्यसैले पनि यो नेपालीहरुकै सपना हो । पछिल्ला दिनमा भइरहेको विकासको गतिले यो सपना पूरा हुने आशा भने पलाएको छ ।

Leave a Reply