बारा जिल्लाकाे पचरौता नगरपालिकाकाे वार्ड नम्बर चारमा पर्न नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बेल्दारी टाेलमा रहेकाे दलित तथा गरिब असहाय छात्र छात्रालाई छात्रवृत्ति बितरण गरिएको थिए। वार्ड अध्यक्ष कन्हैया लाल यादवको अध्यक्षतामा सम्पुर्ण विद्यार्थीहरुलाई एकिकृत भेला गराएर चार सयकाे दरले एक लाख अरतालिस हजार चार सय दस रुपैया रकम बितरण गरिएको थिए ।
रकम बितरण भए पछि सम्पुर्ण कक्षा काेठामा गएर विद्यार्थीको पढाइ सम्बन्धि चेक जाँच नगर प्रमुख रमेशकुमार यादव प्रसास्किय अधिकृत रेसमबहादुर सिंह राहुल गुप्ता शिक्षा शाखा संयोजक प्रमोद प्रसाद यादव प्रधानध्यापक श्रीमती सकुन्तला देवि यादवको सहभागीतामा विद्यार्थीको अनुगमन समेत गरेका थिए ।
छात्रवृत्ति बितरण भए पछि नगर प्रमुखले बोल्दै दोस्रो विश्व युद्धको अन्तिम घडिमा छव अगस्त १९९५ मा अमेरिकाले जपानकाे नाकासाकि र हिराेसिमामा एटम बम खसाले पछि त्यो बेला जपान देश गरिबी रेखामुनिमा परेपछि त्याहाका सताधारि पार्टीले सर्व प्रथम देसलाइ नै ऋणमा राखेर शिक्षा क्षेत्रमा ठुलाे लगानि गरे शिक्षाकाे माध्यमले देस बिकसित भएको केहि दिन मै शिक्षा बिदले तथ्य सर्बजनिक गरेपछि बिश्व नै चकित भए आजकाे युगमा जपान एउटा शक्तिशाली राष्ट्रकाे रूपमा आउँछ। मैले चुनाव भान्दा पहिला नै वाचा गरे अनुसार शिक्षा स्वास्थ र यातायातमा पुर्ण रूपमा आफु लागेकाे समेत बताएका थिए ।