निजगढ,नगर कार्यपालिकाको कार्यालय निजगढमा सार्वजनिक खरिद सम्बन्धि ३ दिने तालिम बिहीवार सम्पन्न भएको छ ।

सार्वजनिक खरिद अनुगमनको कार्यालय काठमाण्डौंको आयोजनामा भएको सो तालिममा निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार धिताल, वडा अध्यक्षहरु, नगरपालिकाका विभिन्न शाखा÷उपशाखा र इकाई प्रमुखहरु एवं प्राविधिक कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका शाखा अधिकृत रामहरी पोखरेलले संचालन गर्नु भएको उक्त तालिम कार्यक्रममा सहसचिव उमेश ढुङ्गाना, सहसचिव चक्रवती कण्ठ, निर्देशक गोविन्द राम पनेरु, निर्देशक रेशम राज सिग्देलले सार्वजनिक खरिद सम्बन्धी जानकारी गराउनुको साथै सार्वजनिक खरिद विधि, विद्युतीय खरिद प्रणाली, सार्वजनिक खरिद पुनरावलोकन तथा कालोसूची सम्बन्धी व्यवस्था लगायतका विषयमा जनप्रतिनिधि र कार्यालयका कर्मचारीहरुलाई प्रशिक्षण दिनुभएको थियो। नगरपालिकाको सभा हलमा गत मंगलवारबाट तालिम सुरु भएको थियो ।

Leave a Reply