सिमरा,वीरगञ्जमा आइतवार राती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा बहुदरमाई नगरपालिका वडा नम्बर ९ का जटाशंकर प्रसाद जयसवाल रहेका छन् ।वीरगञ्जको पावरहाउस–ड्राईपोर्ट सडकखण्डमा बिहान मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाइकल चालक जयसवालको घटनास्थलमै मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता किशोर लम्सालले जानकारी दिनुभयो ।मोटरसाइकललाई ठक्कर दिएको आशंकामा प्रहरीले दुई वटा भारतीय नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको छ । प्रवक्ता लम्सालले घटनाको अनुसन्धान भईरहेको जानकारी दिनुभयो ।















